बुधबार, साउन ३० गते २०८२

निधारमा गोली लागेर शौचालयमा ढलेका प्रहरी जवानको शव पोस्टमार्टमका लागि अस्पताल लगियो

निधारमा गोली लागेर शौचालयमा ढलेका प्रहरी जवानको शव पोस्टमार्टमका लागि अस्पताल लगियो

अखबार दैनिक
बुधबार, असार ६ २०८१
  • निधारमा गोली लागेर शौचालयमा ढलेका प्रहरी जवानको शव पोस्टमार्टमका लागि अस्पताल लगियो

    काठमाडौं  । संघीय संसद् ‍भवन परिसरमा मृत भेटिएका प्रहरी जवानको शव निधारमा गोली हानेको अवस्थामा भेटिएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद्को सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान अजित गोलेको शव बुधबार बिहान शौचालयमा फेला परेको थियो । उनले शौचालयमा पसेर आफ्नो राइफलबाट निधारमा गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

    police-dead-ajit-gole-parliament-building-9.jpg

    गोली पड्केको आवाज सुनेपछि त्यहाँ खटिएका अन्य सुरक्षाकर्मीले शौचालयमा हेर्दा आफैंलाई गोली हानी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरी जवान गोलेको शव पोस्टमार्टका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

    police-dead-ajit-gole-parliament-building-3.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ