शुक्रबार, असार १४ गते २०८२

उत्तरी गोरखाका जनता संग हातेमालो गर्दै सहयोगी घले

उत्तरी गोरखाका जनता संग हातेमालो गर्दै सहयोगी घले

अखबार दैनिक
शुक्रबार, वैशाख १२ २०७७
  • गोर्खा धार्चे गाउपालिकाका स्थानीय जोन घले एक मेहनती र सामाजिक उत्तर दायित्वको धनि ब्यक्तितव हुन घले गोरखा उत्तरि क्षेत्रका तारा हुन । घले एक सफल ब्यबसायि र सधै कर्ममा बिश्वास गर्ने प्रवृतिका प्रामाण हुन उनि हाल अष्ट्रेलियामा चम्किरहेका छन मिलनसार तथा सामाजिक चरित्रको उनको ब्यक्तित्वमा कहिल्यै पछाडि फर्केर हेर्न परेन हालै मात्र गोरखा उनैको जन्म क्षेत्र धार्चे गाउपालिकामा बन्दै गरेको ४:५५ मेघावाट को क्षमता रहेको बिकास हाईड्रो पावर कम्पनि प्रा लि द्वारा निर्मित माछा खोला जलाबिद्युत आयोजनामा समेत राम्रो सेयर होल्ड गरेका उनि उक्त कम्पनिका बोर्ड डाईरेक्टर हुन भने अष्ट्रेलियामा घले हार्बेस्टिंगका समेत मेजर शेयर होल्ड गरेका उनि त्यस कम्पनिका समेत डारेक्टर हुन ।
    सधै गोरखा र गोरखालिको सहयोगार्थ भुमिकामा अग्र पंक्तिमा उभिन चाहाने उनि गोरखा धार्चे गाँउ पालिकाका जनताको दुखमा सधै दुत बनेर आफ्नो हात अगाडि बढाउने गरिरहेका छन यो उनको बिगत र आज ईतिहास साछि छ थुप्रै स्थानिय स्तरको सामाजिक भुमिकामा प्रस्सत सहयोग गर्रिरहेको कुरा स्थानिय राकेश गुरूङ ले बताए । भुकम्पले थिलो थिलो पारेर गोरखा रोईरह्को बेलामा त्यस क्षेत्रमा जनतालाई जस्ता पाता र बिभिन्न भौतिक संरचनाको सामाग्रि लगायत सहयोग गरेर स्थानियको दुखमा मलम पट्टि लगाएर जनतालाई आफ्नो साथ र भुमिकाको परिचय गराईसकेका थिए ।घलेले यति खेर कोरोन कहर कोभिड-१९ को बिषम परिस्थिमा पनि बिशेष गरि गोरखाको उत्तरि क्षेत्रलाई खाद्यान्न सहयोग गर्ने घोषणा गरेका छन धन्दै ४०० बोरा चामल सोहि अनुपातमा नुन र तेल समेत दिने गरि योजना बनेको उनले बताए । उनले भने ‘म दुख सुख बुझ्दछु म र म जस्तै सबै मान्छेको जिवन एउटै हो त्यसैले यतिखेर मेरो जन्मभुमि तथा मेरो क्षेत्रमा कोहि पनि दाजुभाई आमावुवा तथा स्थानियहरू भोकले खान नपाएर बेहाल हुन नपरोस म मेरो पसिना साट्न चाहान्छु र दिल खोलेर समाजको दुखमा सहयोग गर्छु मैले मेरो प्रिय आमा वुवा बाट आशिर्वाद पाएको छु म बुवा आमा र जन्मभुमि पर्ति सधै उत्तरदायि छु त्यसैले यतिखेर नेपालमा कोभिड -१९ को दुखद परिस्थिको सबैले सामना गरेको यस स्वास्थय संकटका बेला म मेरो समाज प्रति अनुग्रहित छु उनले भने मेरो घरमा भाड़ा तिरेर बस्ने हुने सबैलाई यतिखेर १ महिनाको भाडा छुट दिने घोषणा गर्दछु ।’ काठमाण्डौ र गोरखा गरेर आफ्नो ४ वटै घरमा भाडामा बस्ने सबैलाई १ महिनाको घर भाडा छुट दिने घोषणा उनले गरेका छन धन्दै ३ लाख बराबरको भाड़ा छुट दिएर यस मानवीय बिपतको साछि बनेका छन घले ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ