गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले विश्वभरी महामारीको रुपमा फैलिएको कोराना भाइरस (COVID-19) बाट तत्काल छुटकारा पाउने दाबी गर्नुभएको छ । नव वर्ष २०७७ सालको अवसरमा सोमबार सम्बोधन गर्दै मन्त्री लम्सालले सबैको सत्प्रयास र सम्पूर्ण देशबासीहरुको आत्मअनुशासनले यो महामारीबाट छिट्टै छुटकारा पाउने बताउनुभएको हो ।
७० वर्ष देखिको जन चाहाना बमोजिमको स्थीर सरकार निर्माण गरी दीगो विकास मार्फत् सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने हाम्रो अभियानले तिब्र गति लिइरहेको बेला तिब्र गतिमा विश्वभर फैलिएको यस महामारीले सबैलाई स्तब्ध तुल्याएको बताउनुभयो । हाम्रो प्रदेशले घोषणा गरेको विकास र समृद्धीको पहिलो आधार पर्यटन व्यवसाय यतिबेला सबैभन्दा बढि प्रभावित भएको छ, मन्त्री लम्सालले भन्नुभयो, यस्तो बेला आपूर्ति व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउन जनप्रतिनिधि, उद्योगी, व्यापारी, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, नागरिक समाज लगायत सम्पूर्ण जनसमुदायसँग सहकार्य गरेर हामीहरु अगाडि बढिरहेका छौं । यो बेला कोही पनि भोकमरीमा पर्न नपरोस् भनेर राज्यले सम्पूर्ण शक्ति परिचालन गरेको बताउदै महामारीका कारणले भोलीका दिनमा व्यहोर्नु पर्ने आर्थिक कठिनाई तर्फ पनि आफुहरु सजग रहेको मन्त्री लम्सालको भनाई थियों ।
उद्योग, पर्यटन, वन, वातावरण, वाणिाज्य, आपूर्ति, विज्ञान र प्रविधिको क्षेत्रमा अबका नयाँ चुनौतीसँग सामना गर्ने अवसरका रुपमा कार्यक्रमहरु अगाडि बढाईने भन्दै कृषि र वनमा आधारित उद्योगबाट रोजगारी सिर्जना गरिने धारण राख्नुभएको छ । साथै हाम्रा नदीनाला, ताल, पोखरी, कुण्डबाट रोजगारी सिर्जना गरेर उत्पादन वृद्धि गर्दै वातावरण संरक्षण गर्ने र सबैलाई प्रदेशभित्रै विकास र समृद्धिमा सरिक बनाउने अभियान चलाउने र यसका लागि सबैले आ आफ्नो ठाउँबाट सोच्दै आफ्नै गाउँ ठाउँमा उत्पादन र रोजगारी सिर्जना गर्ने सोचको पनि विकास गर्न आवश्यक रहेको बताउनुभयो ।
गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले गर्नुभएको सम्बोधनको पुर्ण पाठ
नमस्कार
आदरणीय आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०७७ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
हामी यतिबेला विश्वभरी महामारीको रुपमा फैलिएको कोराना भाइरस ९ऋइख्क्ष्म्(ज्ञढ० बिरुद्धको लडाईमा छौं । यो महामारी फैलिन नदिन सरकारले देशव्यापी रुपमा लकडाउनको घोषणा गरेको छ । सरकारले घोषणा गरेको लकडाउनको पूर्णपालना गरी यो महामारीलाई फैलिनबाट रोक्नु तपाई हाम्रो साझा दायित्व भएकोले हामी सबैलाई आ–आफ्नै घरभित्रै बसी सुरक्षित तवरले नयाँ वर्ष मनाउन हार्दिक अपिल गर्दछौं ।
७० वर्ष देखिको जन चाहाना बमोजिमको स्थीर सरकार निर्माण गरी दीगो विकास मार्फत् सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने हाम्रो अभियानले तिब्र गति लिइरहेको बेला तिब्र गतिमा विश्वभर फैलिएको यस महामारीले सबैलाई स्तब्ध तुल्याएको छ । हाम्रो प्रदेशले घोषणा गरेको विकास र समृद्धीको पहिलो आधार पर्यटन व्यवसाय यतिबेला सबैभन्दा बढि प्रभावित भएको छ । यस्तो बेला आपूर्ति व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउन जनप्रतिनिधि, उद्योगी, व्यापारी, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, नागरिक समाज लगायत सम्पूर्ण जनसमुदायसँग सहकार्य गरेर हामीहरु अगाडि बढिरहेका छौं । यो बेला कोही पनि भोकमरीमा पर्न नपरोस् भनेर राज्यले सम्पूर्ण शक्ति परिचालन गरेको छ । हामीलाई विश्वास छ, सबैको सत्प्रयास र सम्पूर्ण देशबासीहरुको आत्मअनुशासनले यो महामारीबाट छिट्टै छुटकारा पाउनेछौं ।
यो महामारीका कारणले भोलीका दिनमा हामीले व्यहोर्नु पर्ने आर्थिक कठिनाई तर्फ पनि हामी सबै सजग छौैं । कोरोना भाइरसका कारणले धरासायी बनेका पर्यटन व्यवसाय, उद्योग, कल—कारखाना तथा सम्पूर्ण पेशा व्यवसायहरुलाई पूनः चलायमान बनाउन सबै उद्योगी व्यवसायीहरुसँग सरकारको साथ रहेकोले कत्ति पनि विचलित नहुन सबैलाई¬ आग्रह गर्दछौं ।
जो जहाँ छौं त्यही हाँसी खुशीका साथ नयाँ वर्ष मनाऔं, हामी सबैको प्रयास र नेपाली जनताको जस्तो सुकै विपत्तीलाई पनि सामना गर्न सक्ने आत्मबलका कारण यो महाभारीलाई हामीले जितेरै छाड्ने छौं । नयाँ वर्ष २०७७ मा हामीले उद्योग, पर्यटन, वन, वातावरण, वाणिाज्य, आपूर्ति, विज्ञान र प्रविधिको क्षेत्रमा अबका नयाँ चुनौतीसँग सामना गर्ने अवसरका रुपमा हाम्रा कार्यक्रमहरु अगाडि ल्याइने छ । कृषि र वनमा आधारित उद्योगबाट रोजगारी सिर्जना गरिनेछ । साथै हाम्रा नदीनाला, ताल, पोखरी, कुण्डबाट रोजगारी सिर्जना गरेर उत्पादन वृद्धि गर्दै वातावरण संरक्षण गर्ने र सबैलाई प्रदेशभित्रै विकास र समृद्धिमा सरिक बनाउने अभियान ल्याइनेछ । यसका लागि सबैले आ आफ्नो ठाउँबाट सोचौं । आफ्नै गाउँ ठाउँमा उत्पादन र रोजगारी सिर्जना गर्ने सोचको पनि विकास गरौं ।
अन्त्यमा नयाँ बर्ष २०७७ सालको पावन अवसरमा सुख, शान्ति, समृद्धि, सु—स्वास्थ्य, दीर्घायु एवं उत्तोरउत्तोर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं ।
धन्यवाद !