शुक्रबार, असार १४ गते २०८२

गण्डकी प्रदेशमा पर्याप्त खाद्यान्न छ, समस्या छैनः मन्त्री लम्साल

गण्डकी प्रदेशमा पर्याप्त खाद्यान्न छ, समस्या छैनः मन्त्री लम्साल

अखबार दैनिक
शनिबार, चैत २९ २०७६
  • पोखरा, ३० चैत – देश लक डाउन भएको पनि १९ दिन पुगेको छ (शनिवार) लक डाउनको कारण दैनिक गुजारा गर्ने र मजदुरी गर्ने मानिसहरुलाई निकै समस्या परेको छ । यतिमात्र होइन, हुनेखाने पनि समस्यामा परेकै छन् । मानिसहरु खाद्यान्न अभावहुने हो कि भन्ने चिन्तामा समेत परेका छन् । तर, गण्डकी प्रदेशमा भने ३ महिनासम्म पुग्ने खाद्यान्न रहको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले जानकारी दिए । ‘अचानक लक डाउन हुदाँ मानिसहरु हतासिएका थिए, यो नाकाबन्दी होइन् आपूर्ति सहज हुन्छ, हामीलाई ३ महिना पुग्ने खाद्यान्न प्रसस्त छ आत्तिनु पर्दैन’, लम्सालले भने । प्रदेशवासीलाई खाद्यान्न आपूर्तिको सहजता गर्न आपूर्ति समिति गठन गरिएको र यो क्रियाशिल रहेको उनले बताए । प्रदेश सरकारले आवश्यकतालाई महशुस गर्दै प्रदेशमा प्रदेश स्तरीय, जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ९ सदस्यीय र स्थानीय तहमा स्थानीय प्रमुखको नेतृत्वमा ९ सदस्यीय समिति समेत गठन गरिएको छ । मानिसले नाकाबन्दी, बन्दजस्तो सोचे पनि अत्यावश्यक वस्तुको आपूर्ति भने सहज रुपमा गरिएको उनले दावी गरे । ‘हामीले प्रदेशमा १५ सदस्यीय कमिटि गठन गरेका छौँ, गठनलगत्तै उद्योग वाणिज्य संघ, आपूर्तिसम्बन्धी सुरक्षा निकाय लगायतसँग सहकार्य गरेर दैनिक आवश्यक बस्तुको सहजता गरिएको छ ।’ ‘हामीले बन्द, नाकाबन्दी, विपद्को सामनाबाट समेत सिकेका छौँ, त्यसैले महँगी रोक्न, कालोबजारी रोक्न सहज प्याकेज र राहत प्याकेज प्रबन्ध गरेका छौँ’, मन्त्री लम्सालले भने,‘महँगीलाई पूर्ण रुपमा नियन्त्रणमा लिएएको छ ,त्यतिमात्र होइन ग्यास आपूर्तिमा सहजता, ठूला व्यवसायीलाइ बोलाएर स्टकको रेकर्ड लिएका छाँ,ै हामीलाई ३ महिनासम्म बाहिरबाट सामान नै नआए पनि पुग्छ ।’ उनका अनुसार प्रदेशस्तरमा कार्यविधि तयार पारि सहज प्याकेज र राहत प्याकेजको व्यवस्था गर्दै ११ जिल्लामा त्यो सामान पु¥याएको छ । प्रदेशभित्र खाद्यान्न र राहतमा कहिँकतै समस्या नभएको उनले स्पष्ट पारे । प्रदेशको ८५ वटा स्थानिय तहमध्ये शुक्रबारसम्म मात्र ७० स्थानीय तहमा सामान पुगेको उनले जनाए । प्रदेश सरकारले प्रदेशमा खाद्य आपूर्ति सहज बनाउन एप्समार्फत काम गरिराखेको उनले जानकारी दिए । प्रदेशमा कहिँकतै कालोबजारी भए तत्काल अनुगमन गरि कार्वाही गरिने उनको भनाई छ ।स्थानीय तहमा खाद्य अभाव भए प्रदेश सरकारले प्रबन्ध गर्ने उनले बताए ।उनले प्रदेश सरकार तम्तयार अवस्थामा रहेको हुँदा निश्चिन्त हुन आग्रह समेत गरे ।यस्तै कोरोनाको प्रभावलाई अवसरको रुपमा समेत लिनुपर्ने मन्त्री लम्सालको भनाई थियो । पोखराको बैज्ञानिक समुहले गण्डकी प्रदेशको मनाङ र मुस्ताङ बाहेक ९ जिल्लामै प्रयोगशाला निमार्ण गर्न सक्ने बताएपछि उनीहरुसँग छलफल थालिएको मन्त्री लम्सालले बताए । ‘यसलाई चुनौतिमात्र नलिई अवसरको रुपमा पनि लिन सकिन्छ, कम्तिमा ५० लाख देखि १ करोड लगानी गर्नसके ९ जिल्लाका जिल्ला अस्पतालमा प्रयोगशाला निमार्ण गर्न सकिन्छ’, उनले भने,‘सरकारले सहयोग गरे तत्कालै निमार्ण गर्न सकिने विज्ञहरुको भनाइ रहेको छ, उनीहरुसँंग बैठक बसेका छाँै, त्याब बने कोरोनाको लागि मात्र नभएर अन्य सरुवा रोगहरुको लागि पनि प्रयोग गर्न सकिन्छ ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ