शुक्रबार, असार १४ गते २०८२

लकडाउनमा ४ महिनालाई पुग्ने चामल र ३७ हजार मेट्रिक टन खाद्यान्न आयात,

लकडाउनमा ४ महिनालाई पुग्ने चामल र ३७ हजार मेट्रिक टन खाद्यान्न आयात,

अखबार दैनिक
शुक्रबार, चैत २८ २०७६
  • सरकारले लकडाउनको समयमा पनि अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र आपूर्ति व्यवस्था सहज रहेको बताएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबार २३ बुँदे कार्य प्रगति सार्वजनिक गर्दै लकडाउनको १७ दिनसम्म आपूर्ति व्यवस्था सामान्य रहेको बताएको हो ।
    इन्धन तथा खाद्य वस्तुको आपूर्ति सहज रहेको, खाद्यान्न, तेलहन, खानेपानी, दुग्ध पशुपन्छीका दाना, औषधि र इँटा जस्ता उद्योगहरु नियमित सञ्चालनमा रहेको मन्त्रालयले जनाएको छ । सरकारी संस्थान तथा निजी क्षेत्रसँग गरेर तीन महिनाका लागि पुग्ने चामल, दलहन तथ तेलहनको मौज्दात रहेको पनि मन्त्रालयले जनाएको छ । हाल सरकारी र निजी क्षेत्रसँग एक लाख २५ हजार दुई सय ९० मेट्रिक टन चामल, १६ हजार ८१ मेट्रिक टन गेडागुडी र दाल एवं १६ हजार आठ सय ६८ मेट्रिक टन तेल मौज्दात रहेको मन्त्रालयले जनाएको छ । यसअनुसार चामलले चार महिना, दाल तथा गेडागुडी तीन महिना र तेलले तीन महिनाको माग धान्न सक्ने मन्त्रालयको भनाइ छ । त्यस्तै नुन र चिनी पनि पर्याप्त रहेको सरकारको भनाइ छ । लकडाउन सुरु भएपछिको १७ दिनमा ३७ हजार तीन सय ३४ मेट्रिक टन खाद्यान्न, १४ हजार ५४ मेट्रिक टन गेडागुडी तथा दलहन, २१ हजार छ सय २६ मेट्रिक टन तरकारी, पाँच हजार नौ सय ६२ मेट्रिक टन फलफूल, ८० मेट्रिक टन दुग्धजन्य पदार्थ आयात भएको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ