शुक्रबार, असार १४ गते २०८२

कास्की क्वारेन्टाइनमा राखिएका कसैमा पनि कोरोना भाइरसको संक्रमण भेटिएन,सबै घरमा गए

कास्की क्वारेन्टाइनमा राखिएका कसैमा पनि कोरोना भाइरसको संक्रमण भेटिएन,सबै घरमा गए

अखबार दैनिक
बिहीबार , चैत २७ २०७६
  • कोरोना भाइरसको संक्रमण फैलिएका देशबाट आएकाले कास्की क्वारेन्टाइनमा राखिएका कसैमा पनि कोरोना भाइरसको संक्रमण भेएिन । कोरोना संक्रमण नभेटएपछि उनीहरुलाई आ आफ्नो घर पठाइएको छ । सरकारले बनाएको क्वारेन्टाइनमा बसेका ३६ जना नै घर गएका छन् भने होम क्वारेन्टाइनमा बसेकाहरुम पनि संक्रमणको लक्षण देखिएको छैन । कतार, भारत र बंगलादेश लगायतका देशबाट आएका ३६ जनालाई पोखराको मालेपाटन स्थित कृषि तालिम केन्द्र र रुपा गाउ पालिकामा क्वारेन्टाइनमा राखिएको थियो । पोखरा महानगर पालिकाले बनाएको केन्द्रमा राखिएका १६ जना र रुपामा राखिएका २० जनालाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्दा पनि कोरोनाको कुनै लक्षण नदेखिएपछि आ–आफ्नो घर गएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा.बिनोद विन्दु शर्माले जानकरी दिए । अन्नपूर्ण गाउ पालिकामा होम क्वारेन्टाइनमा बसेकाहरु मध्ये पनि कसैलाई कोरोना संक्रमण देखिएन । १४ दिन पछि घर पठाइए पनि थप एक हप्ता होम क्वारेन्टाइनमा बस्न भनिएको डा. शर्माले बताए । लकडाउन पछि बाहिरबाट आउन रोकिएकाले अहिले कास्कीका सबै क्वारेन्टाइन रिक्त छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ