माधव पराजुली,पोखरा
कोरोना संक्रमित बागलुङकी अंशु सापकोटासँग गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार टेलिफोन मार्फत स्वास्थ्य अवस्था बुझ्नुभएको छ ।
कोरोना संक्रमण देखिएपछ धौलागिरी अस्पतालमा उपचाररत १९ बर्षे सापकोटा लाई मुख्यमन्त्री गुरुङले प्रत्यक्ष फोन गरेर ढुक्क भएर बस्न आग्रह गर्नुभयो । मुख्यमन्त्री गुरुङले आफुले अस्पतालका डाक्टार सँग नियमित सम्पर्क गरेको बताउदै डाक्टरको सल्लाह अनुसारका तातो खानेकुरा खान आग्रह गर्नुभयो । मन दह्रो गरेर बसे छिटै निको हुने भन्दै उहाँले कत्ति नआत्तिकन बस्न आग्रह गर्नुभयो । रोग निख्रेपछि मात्र घर जानुपर्छ, १४ दिन भनेर मात्र हुँदैन, पूरै निको भएपछि घर गए ढुक्क हुन्छ मुख्यमन्त्रीले अंशुलाई भन्नुभयो,।
फोन संवादमा अंशुले चिकित्सकहरुले फोनमार्फत आफ्नो स्वास्थ्य जानकारी लिइरहेको र कोठामा केही प्रवेश नगर्ने गरेको बताउनुभएको थियो ।
बेल्जियमबाट कतार हुँदै काठमाडौं हुदै बाग्लुङ पुग्नुभएकी अंशुमा कोरोना संक्रमण देखिएको थियो । उहाँसँगै आउनुभएकी बागलुङकै अर्की महिलामा पनि कोरोना संक्रमण देखिएको छ । उहाँहरु दुवै जना अहिले धौलागिरी अस्पताल बाग्लुङको आइसोलेसन वार्डमा हुनुहुन्छ ।