शुक्रबार, असार १४ गते २०८२

गाउँकाे महत्त्व र काेराेनाले सिकाएको पाठ

गाउँकाे महत्त्व र काेराेनाले सिकाएको पाठ

अखबार दैनिक
मंगलबार, चैत २५ २०७६
  • सुजन पाैडेल ?️लक-डाउनकाे अाज १५ अाैं दिन चलिरहदा सम्म कहिले काहिँ अफिस त बाकिँ समय विभिन्न कृयाकलाप तथा लेख रचना पढ्दै दिनहरु कटिरहेका छन् । तेस्राे अवधिकाे लक-डाउनकाे समयावधि थपिदै गर्दा मलाई पनि पारिवारिक सम्बन्ध, गाउँकाे महत्व तथा काेराेनाले सिकाएकाे पाठका सम्बन्धमा कलम चलाउन मन लाग्याे । काराेनाले सिकाएका पाठहरु अहिले सामाजिक संजालहरुमा बुदागत रुप मै लाेकसेवा तयारि जसरि थुप्रै बुदाहरु पढ्न पाईन्छ तर मलाई के लाग्दछ भने काेराेनाले पाठ त सिकायाे, यसरि सिकायाे कि प्राथमिक तहमा गणित नअाउदा शिक्षकले जसरि गालामा पाँच अाैंलाकाे छाप पर्ने गरि चड्कन लगाउथे नि अावाज स्कुल भरि यसरि गुञ्जन्थ्याे कि पट्याक्क, कानकाे जालि झिन्झिउथ्याे भने अाखा तिरमिराउन्थ्याे हाे तेसै गरि सिकायाे, विज्ञानलाई सिकायाे, महाशक्ति राष्टलाई सिकायाे, अाणविक हतियारकाे जगमा गर्जनेलाई म्याउ गर्न सिकायाे, ति अाधुनिकवादि जस्ले पुरातन परम्परालाई बिर्सिएका थिए उनिहरुलाई सिकायाे। हामिलाई पनि पाठ सिकायाे जुन छाप नमेटिने बेला सम्म त राम्राे याद रहन्छ जब छाप मेटिन्छ नि तब सबै बिर्सिन्छ किनकि हामि नेपाली हाे नि त । पाठ त हामिले २००७ साल देखि नै सिक्दै अाएकाे हाे, फेरि २०४६ सालमा पनि सिक्याै, अनि २०६२/६३ र पछि २०७२ मा पनि राम्रै सिक्याैं तब सम्म जब सम्म छाप मेटिएन । पाठ पठाउनेले त अाफै बिर्से भने हामि त चेला न पर्याै । यस बिच पनि २०७२ सालमा संविधान जारि भए पश्चात भारतले गरेकाे अघाेषित नाकाबन्दि पछि मानवता हराएकाे शहरकाे रुपमा बदनाम भएकाे शहरले एउटा मानवताकाे परिचय दिन थालेकाे थियाे । जब म कक्षा १२ काे पढाई सकि २०६३ सालमा स्नातक अध्ययन गर्न भनि काठमाडाैं झरेकाे थिए त्यतिनै बेला पल्सरले नयाँ माेडलकाे बाईक बजारमा ल्याएकाे थियाे जसकाे ब्याक लाईट माेडलका कारण निकै लाेकप्रिय थियाे त्याे पनि युवा पुस्ता माझँ । सायदै ति बाईकहरु बिना जाेडि देखिन्थे त्याे पनि फेविकाेल भन्दा पनि अझ मजवुद जाेडका साथमा । त्यसबेला पल्सर बाईक वाला लाई दिलदार र मालदार दुवै मानिन्थाे । यस बिच त्यस्ता केहि घटनाहरु प्रकाशमा अाए जसले असहयाेगकाे भावना जगाई दियाे त्याे के थियाे भने केहि त्यस्ता महिला पात्रहरु जसले साझ या रातकाे समयमा तिनै मालदारसंग लिफ्ट माग्न पुग्दथे अनि मजवुद जाेडका कारण मालदार दिलदार बन्दथे र महिला पात्रकाे टाेलिकाे जालमा परि लुटिएर नांगेदार हुन्थे । जसका कारण प्रशासनले पनि नचिनेका मान्छेलाई लिफ्ट नदिन अाग्रह गरेकाे थियाे । जब नाकाबन्दि भयाे त्यसपछि भने सरकार लगायतकाे अाग्रहमा पुन सहयाेगकाे भावना उजाग्रित भयाे जसकाे परिणाम स्वरुप टुटल, पठाअाे जस्ता सेवाकाे अवधारणा विकास भयाे जुन एउटा सकारात्मक प्रभाव थियाे । त्यस्तै काेराेनाले पनि केहि सकारात्मक पाठ त पक्कै सिकाएर जानेछ तर धेरै भने बहस मै मात्र सिमित हुनेछन् । अब कुरा गर्याैं काराेना र पारिवारिक सम्बन्धकाे, सामाजिक संजालमा अहिले काराेनाका कारण हामिले बिर्सिएकाे पारिवारिक सम्बन्ध मजवुद भएकाे छ, सबै संगै बसेर खाना खाने, बस्ने, खेल्ने, रमाउने गरेकाे कुरा अाएकाे छ । याे एउटा राम्राे पक्ष हाे तर यसकाे अहिलेकाे प्रमुख दुश्मन बनेकाे छ माेवाईल। अाखिर काम नगरि खान त कसैलाई छैन, अाज नभए पनि भाेलि त जसरि पनि काममा त जानु नै जानु पर्छ नि हाेईन र ? अहिले काममा जान नपाएकाेले घर मै मात्र सिमित हुनु परेकाे कारणले बाध्यात्मक परिस्थितिमा मात्र सम्बन्ध बनाए जस्ताे भयाे नि हाेईन र ? एक पटक साेचि हेराैं त । अघि पछि कामकाे समयमा पनि बिहान बेलुका त हामि घर मै हुन्छाै त्याे बेला पारिवारिक सम्बन्ध मजवुद बनाउन सकिदैन र ? यसकाे एउटै कारण हाे अहिलेकाे प्रविधि र माेवाईल । फेरि अर्काे कुरा यस्मा प्रविधि र माेवाईलकाे कुनै दाेष छैन दाेषि छन् त त्यसकाे अनावश्यक प्रयाेग गर्ने प्रयाेगकर्ता र यसकाे चङ्गुलमा फसाउने ति अविभावकहरु । बर्तमान युगमा प्रविधि र माेवाईल अत्यावश्यक भएका छन् जसका कतिपय फाईदाहरु पनि छन् । मेराे टाउकाे दुखाई त यिनिहरुकाे अति प्रयाेग र अनावश्यक प्रयाेगसंग मात्र हाे । जब एउटा बच्चा झगडा गर्छ तब हामि के गर्छाै -" अाेलाेेलाेलाे मेलाे राजा, लाै माेवाईलमा कार्टुन हेर, गेम खेल, झगडा नगर ल" । खाना खाएन माेवाईल, झगडा गर्याे माेवाईल, हाेमवाेर्क गरेन माेवाईल, सुत्न मानेन माेवाईल, यसाे गर माेवाईल उसाे गर माेवाईल । यसाे गरेर हामिहरुले एक त उनिहरुकाे शारिरिक तथा मानसिक विकासमा अवराेध पुर्याईरहेका छाैं भने अर्काे तर्फ हामि बाट टाढा पनि बनाई रहेका छाैं । मैले कुनै लेखमा पढेकाे थिए बच्चाकाे दिमाग २-४ बर्षकाे उमेरमा सबै भन्दा बढि कृयाशिल र स्मरण गर्न सक्ने क्षमताकाे हुन्छ साेहि समयमा हामि उस्लाई माेवाईलमा भुलाईदिन्छाैं, याे त अपराध भयाे, हाेईन र ? मैले मात्र यति भन्न खाेजेकाे हाे कि पारिवारलाई अन्य अवस्थामा पनि थाेरै समय निकालेरै भएपनि र अन्य सदस्यहरुलाई पनि याे कुरा बुझाएर सम्बन्ध मजवुद बनाउन अत्यन्त जरुरि छ साथ साथै पारिवारिक काम काज र महत्व बुझाउन पनि । अब कुरा गर्याै गाउँकाे महत्वका बारेमा । मुद्दा अहिले उठाईएकाे भएरन मात्र हाे चर्चामा अाएकाे, हाेईन भने त गाउँकाे महत्व कहिले पाे थिएन र भन्नु त । जब जब मानिसलाई संकट अाउछ तब तब भगवानकाे नाम लिए जस्तै भएकाे छ अहिले गाउँ । सबै परिवार सगैं भएकाले खुसि छन् बुढा बाबु अामा, बाझाे बारि जाेतिएकाे छ, नाति नातिना घर अागनमा खेलिरहेका छन्, गाउँ घर घुमफिर गर्ने नपाए पनि चहल पहल त छ, मलामि नै भए पनि बढेका त छन् । याे नराम्राे त कदापि हाेईन तर मन काेतरि रह्याे अाखिर कहिले सम्म ? ति बाबु अामा साेच्दा हुन याे बर्ष दुई वटै दशैं वडा दशैं परेछ तर याे दशैं पहिलेकाे भन्दा अलि लामाे परेछ । ति छाेरा बुहारि र नाति नातिना दशैंमा पनि नअाएका त कहाँ हुन र वस पाहुना बनेर मात्र । यति बेला बाझाे खेतमा ति छाेरा बुहारिलाई देख्न सकिन्छ किन भन्नु न याे बेला कामकाे बेला भएकाेले मात्र, हाेईन भने त असारकाे बेलामा हाेईन र खासमा खेतमा देखिनु पर्ने ? गाउँ त गए तर गाउँ डुल्न पाईएन, कसैसंग दशैंमा जस्ताे रमाएर बस्न पाईएन अनि के गर्नुहुन्छ त विकल्प नै छैन त, हाईन र ?अहिले अामा बुुबालाई त्याे भिरपाखामा कति दु:ख गर्नुहुन्छ त कति सजिलै भनिन्छ नि है तर फर्कने बेलामा नि फेरि गाउँकाे गेडागुडि, दाल, तरकालि, मकै, गुन्द्रुुक, मस्याैरा त अर्गानिक हुन्छ भन्दै पाेकाे पारि पारि बाेक्न कसिन्छाै है । गज्जब छ नि है हाम्राे कहानि पनि । यति बेला भारत नेपाल लगायतका एसियालि अविकसित राष्टमा काेराेना कहर कम हुनुलाई यहाँका मानिसमा रहेकाे राेगसंग लड्ने प्रतिरक्षा प्रणालि अर्थात ईम्युनिटि पावरलाई मानिएकाे छ । सद्गुरुले भन्नु भएकाे छ कि ईम्युनिटि पावर भनेकै पृथ्वी हाे यानि जमिन वा माटाे र म सद्गुरुकाे याे भनाईमा सत प्रतिशत सहमत छु । शहर जहाँ माटाे भन्दा कङ्क्रिट धेरै छ त्यहाँ ईम्युनिटि पावर पनि कम छ यस्काे पुष्टि यहाँ खुलेका निजि मेडिकल र अस्पताल साथै तिनमा लागेकाे भिडले गरेकाे छ । भित्ता समाई ताते ताते गर्ने बेलामा अामाले लिपेकाे भित्ता चाटेकाे र माटाे काेट्टाई खाएकाे कुरा त अामाले अझै गर्नुहुन्छ हाेला, काेक्राेमा बसाई अामा काममा लाग्दा अाफै निकाल्दै अाफै खादै पनि गरियाे हाेला कतिपय समयमा अामाले त पक्कै सुनाउनु नै हुन्छ हाेला, खेतबारि खन्दै गर्दा काेदालाेले खुट्टामा घाउ बनायाे भने बारिकाे काल्ला, कुनातिर मुसाेले खनेकाे माटाेबाट मसिनाे माटाे निकालि काटेकाे ठाउँमा लगाएकाे साथै गाजे झार, सजिवनकाे चाेप पनि लगाएकाे याद नै छ हाेला, खाँलि खुट्टा गाई बाख्रा चराउन जादाँ खनिया, पानि अमला, सखरखण्ड निकाल्दै कपडामा हिलाे पुछ्दै खाएकाे त पक्कै याद हाेला तर पनि तपाई त्यति बिरामि हुनु भएन हाेला जति हजुरका बच्चा अहिलेकाे समयमा जन्मेर पनि हुन्छन्, हाेईन ? हामि धेरैजसाे त्यस्ताे परिवार अन्तरगत पर्दछाैं सायदै बिहान या बेलुकि एक डाेकाे घासँ नकाटि पढेका हाैं । तर पनि पढियाे त अहिले केहि न केहि गरेकै छाैं त । भन्नुहाेला अनि कहाँ पुगेकाे छ त ? अब एक पटक साेच्नु त हजुरकाे बुवाकाे कमाई कति थियाे र पनि हजुर ले कति पढ्नु भयाे ? अब फेरि भन्नुहाेला अहिले तेस्ताे पढाईले कहाँ हुन्छ त ? हामि हाम्राे सिस्टम यस्ताे भएन उस्ताे भएन भनेर अालाेचना गर्न कत्ति पछि पर्दैनाैं तर हामिले गर्नु पर्ने के हाे भुसुक्कै बिर्सिदिन्छाै, हुन सक्छ कतिपयका बाध्यता हाेलान् तर अहिले त शहरमा पढाउनेकाे त हाडवाजि नै छ । अनि फेरि भन्नुहाेला मैले मात्र गरेर कहाँ हुन्छ त ? सुरुवात एक बाटै हुन्छ, रानि र दुध पाेखरिकाे कथा त सुन्नु नै भएकाे हाेला, त्यस्ताे हुन भएन । अहिले नै भर्खरै याे सम्भव नहाेला तर अब कम गर्न र प्रयास गर्न त सकिन्छ । एउटा काेठा र माेवाईलमा सिमित गराउनु कति जायज हाेला एक पटक साेचाैं त । अहिले सक्ने संग हामि केहि नभएका प्रतिस्पर्धा गरेर अगाडि बढ्न खाजिरहेका छाैं । तेसैले अभावकाे सामना गरिरहेका छाैं ।अहिलेकाे याे अाधुनिक २१अाैं शताब्दिका पुस्ता हामि हाम्राे बालबालिका प्रति जति सचेत छाैं नि त्यसकाे केहि अंशमात्र त्यहाँका बिद्यालयलाई दिउ र अाफ्ना बालबच्चालाई तिनै बिद्यालयमा भर्ना गर्याै त अनि कसरि बन्छ गाउँ हामि अाफैं देख्नेछाैं । शहरलाई व्यापारिक केन्द्र बनाउ, राेजगारिकाे थलाे बनाउ, शिक्षाकाे थलाे बनाउ, मनारञ्जनकाे थलाे बनाउ तर यसलाई गाउँका हामि र गाउँबाट परिचालित हुने बनाउँ न, हुदैन र ? भने जति सजिलाे त पक्कै छैन, अाजकाे अाजै हुने पनि पक्कै हाेईन, अब अवधारणा विकास गर्याै, खाका काेर्याै र हामि सचेत नागरिककाे हिसाबले रचनात्मक दवाव तथा अभियान सञ्चालन गर्याै । हामि नसहि हाम्रा भावि पुस्ताले त कम्सेकम सकुनकाे जिन्दगि जिउँन । धन्यवाद । © लेखकमा

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ