शुक्रबार, असार १४ गते २०८२

कोरोना जोखिमसँगै सङ्घीयताको औचित्य पुष्टि भयो : मुख्यमन्त्री गुरुङ

कोरोना जोखिमसँगै सङ्घीयताको औचित्य पुष्टि भयो : मुख्यमन्त्री गुरुङ

अखबार दैनिक
सोमबार, चैत २४ २०७६
  • वासुदेव पौडेल/हरि बाँस्तोला ।   विश्वव्यापी फैलिएको कोराना भाइरसको संक्रमणसँग सिङ्गो विश्व नै जुधिरहेका अवस्थामा चीन र भारतसँग सिमाना जोडिएको गण्डकी प्रदेश सरकार पनि यतिखेर कोरोना संक्रमणका विरुद्धमा योजनाबद्ध ढङ्गले होमिएको छ । कोरोनाको प्रभावबाट प्रदेशलाई मुक्त गर्ने उद्देश्यका साथ प्रदेश सरकार सहित अन्तर्गतका सबै संरचना र यहाँका प्रत्येक स्थानीय तहले कोरोना भित्रन नदिने उद्देश्यका साथ आआफ्नो तयारीलाई तीव्र बनाएका छन् । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा गठित कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापन उच्चस्तरीय निर्देशन समिति यतिखेर प्रदेशमा कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि अहोरात्र खटेको छ नै, उच्चस्तरीय निर्देशन समितिसहित अन्य समिति, सरकारका पछिल्ला मन्त्रिपरिषद् बैठक कोरोना रोकथाममा नै केन्द्रित छन् । गण्डकी प्रदेशको राजधानी पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा स्थापना गरी सञ्चालनमा आएको कोरोना भाइरसको नमूना परीक्षणका लागि पोर्टेबल पिसिआर मेशिनमार्फत स्वाब नमूना परीक्षण गरी उपचारको व्यवस्था मिलाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ