शुक्रबार, असार १४ गते २०८२

कोरोनाका कारण विश्वमा ६९ हजार ४१९ काे मृत्यु

कोरोनाका कारण विश्वमा ६९ हजार ४१९ काे मृत्यु

अखबार दैनिक
आइतबार, चैत २३ २०७६
  • विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट इटाली र फ्रान्समा गत २४ घण्टाभित्र न्यून संख्यामा मृत्यु भएको छ। पछिल्लो एक साताको तथ्यांकका आधारमा न्यून मृत्यु भएको हो। गत २४ घण्टाभित्र इटालीमा ५२५ जनाको ज्यान गएको छ भने फ्रान्समा ५१८ जनाले ज्यान गुमाएका छन्। यससँगै इटालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ हजार ८८७ तथा फ्रान्समा ८ हजार ९३ पुगेको छ। यसैगरी इटालीमा थप ४ हजार ३१६ नयाँ संक्रमित भेटिएका छन्। यससँगै इटालीमा १ लाख २८ हजार ९४८ मा संक्रमण पुष्टि भइसकेको छ। फ्रान्समा गत २४ घण्टाभित्र २ हजार ८८६ थप संक्रमित भएका छन्। यससँगै फ्रान्समा संक्रमित संख्या ९३ हजार ७७३ पुगेको छ। अमेरिकामा भने कोरोना संक्रमण अझै तीव्र देखिएको छ। गत २४ घण्टाभित्र २५ हजार १९३ थप संक्रमित भेटिएका छन् भने थप १ हजार १५९ ले ज्यान गुमाएका छन्। अलजजिराका अनुसार न्यूयोर्क राज्यमा मात्र ५९४ को ज्यान गएको छ। यससँगै अमेरिकामा मर्नेको संख्या ९ हजार ६१९ पुगेको छ। गत डिसेम्बरदेखि फैलिएको कोरोनाका कारण हालसम्म विश्वभर ६९ हजार ४१९ ले ज्यान गुमाइसकेका छन्। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार १२ लाख ७२ हजार ११५ जनामा संक्रमण पुष्टि भइसकेको छ। यसैगरी हालसम्म २ लाख ६० हजार १२ जना निको भएका छन्। कुन देशमा कति (आँकडा) अमेरिका संक्रमित: ३,३७,०७२ मृत्यु: ९,६३३ निको: १७,४४८ स्पेन संक्रमित: १,३१,६४६ मृत्यु: १२,६४१ निको: ३८,०८० इटाली संक्रमित: १,२८,९४८ मृत्यु: १५,८८७ निको: २१,८१५ जर्मनी संक्रमित: १००,१२३ मृत्यु: १,५८४ निको: २८,७०० फ्रान्स संक्रमित: ९३,७७३ मृत्यु: ८,०९३ निको: १६,३५४ चीन संक्रमित: ८२,६०२ मृत्यु: ३,३३३ निको: ७७,२०७ इरान संक्रमित: ५८,२२६ मृत्यु: ३,६०३ निको: १९,७३६ बेलायत संक्रमित: ४८,४३६ मृत्यु: ४,९४३ निको: २२९ टर्की संक्रमित: २७,०६९ मृत्यु: ५७४ निको: १,०४२ स्वीजरल्यान्ड संक्रमित: २१,१०० मृत्यु: ७१५ निको: ६,४१५ बेल्जियम संक्रमित: १९,६९१ मृत्यु: १,४४७ निको: ३,७५१ नेदरल्याण्ड संक्रमित: १७,९५३ मृत्यु: १,७७१ निको: २५७ क्यानडा संक्रमित: १५,७५६ मृत्यु: २५९ निको: ३,०१२ अस्ट्रिया संक्रमित: १२,०५१ मृत्यु: २०४ निको: २,९९८ पोर्चुगल संक्रमित: ११,२७८ मृत्यु: २९५ निको: ७५ दक्षिण कोरिया संक्रमित: १०,२३७ मृत्यु: १८३ निको: ६,४६३ भारत संक्रमित: ३,५८८ मृत्यु: ९९ निको: ३२८ नेपाल संक्रमित: ९ मृत्यु: ० निको: १ (स्रोतजोन्स हप्किन्स विश्वविद्यालय)

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ