आइतबार, साउन २७ गते २०८२

‘जन्मदिनलाई सत्कर्म अभियानसँग जोडौं’ अभियानको पहलमा विश्व पृथ्वी दिवसको अवसरमा कलाकारले गरे पशुपतिमा वृक्षरोपण

‘जन्मदिनलाई सत्कर्म अभियानसँग जोडौं’ अभियानको पहलमा विश्व पृथ्वी दिवसको अवसरमा कलाकारले गरे पशुपतिमा वृक्षरोपण

अखबार दैनिक
सोमबार, वैशाख १० २०८१
  • ‘जन्मदिनलाई सत्कर्म अभियानसँग जोडौं’ अभियानको पहलमा विश्व पृथ्वी दिवसको अवसरमा  कलाकारले गरे पशुपतिमा वृक्षरोपण

    काठमाडौं । दीपाश्री निरौला, केकी अधिकारी, मलिका महत लगायतका कलाकारले सोमबार बिहान पशुपतिनाथ मन्दिर नजिकको मृगस्थलीमा वृक्षरोपण गरेका छन् ।

    images

    ‘जन्मदिनलाई सत्कर्म अभियानसँग जोडौं’ अभियानको पहलमा विश्व पृथ्वी दिवसको अवसरमा कलाकारले वृक्षरोपण गरेका हुन् । फिल्म निर्देशक लक्ष्मण सुवेदी, गायक युवराज चौलागाईं लगायतले पनि वृक्षरोपण गरे ।

    अभियानका संयोजक गोविन्द चौलागाईंले कलाकारमार्फत वातावरण संरक्षणको सन्देश दिनु र जन्मदिनलाई सत्कर्मसँग जोड्ने उद्देश्यले वृक्षरोपण आयोजना गरिएको बताए ।

    यसअघि उक्त अभियानले रौतहटसहित पूर्वका जिल्लामा वृक्षरोपण अभियान सञ्चालन गरिसकेको जनाइएको छ । कामको कुरा गर्दा केकीको फिल्म ‘बोक्सीको घर’ वैशाख १४ देखि प्रदर्शन तयारीमा छ भने मलिकाको फिल्म ‘सतीदेवी’ विभिन्न फेस्टिभलमा पुगिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ