गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशका ८५ स्थानीय तहहरुलाई ६ करोड ५० लाख रुपैयाँ राहत दिने भएको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
उक्त रकम कोरोना भाइरस रोकथामकालागि प्रदेश सरकारले दिन लागेको हो । निर्णयअनुसार पोखरा महानगरपालिकालाई एक करोड रुपैयाँ, २६ नगरपालिकालाई प्रति नगरपालिका १० लाखका दरले दुई करोड ६० लाख रुपैयाँ र ५८ गाउँपालिकालाई ५ लाखका दरले दुई करोड ९० लाख रुपैयाँ दिइने सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए ।