शुक्रबार, असार १४ गते २०८२

रित्तिन थाले पाँचतारे होटल,पोखराको रोयल पाम बन्द

रित्तिन थाले पाँचतारे होटल,पोखराको रोयल पाम बन्द

अखबार दैनिक
शुक्रबार, चैत ७ २०७६
  • ७ चैत, पोखरा । पोखरा चाउथेमा रहेको रोयल पाम रिसोर्टमा पोखरा उद्योग संघले चैत १ गते विशेष कार्यक्रम राखेको थियो । कोरोना भाइरसको सन्त्रास र भीड हुनेखालका कार्यक्रम नगर्न निर्देशन भइरहेकाले संघले कार्यक्रम रोक्यो । विश्वभर फैलिएको कोरोनाको सन्त्रासकै कारण फागुन पहिलो सातायता पोखरा रोयल पाम रिसोर्टमा ६ वटा यस्ता विशेष कार्यक्रमहरु स्थगित भए ।
    बढी आम्दानी हुने ठूला कार्यक्रम स्थगित हुने र कोरानाको प्रभावले पाहुना पनि शून्य बनेपछि रोयल पामले रिर्सोट नै बन्द गराएको छ । ‘भइरहेका कार्यक्रमहरु धमाधम बन्द भए । पर्यटक आउन शून्य भयो,’ रोयल पामका म्यानेजर राज श्रेष्ठले भने, ‘न पाहुना छन् न कर्मचारीले गर्ने अरु काम छ । रिसोर्टले धान्न नसक्ने भएपछि कर्मचारीलाई बिदामा पठाएर रिसोर्ट बन्द गराएका छौं ।’ पछिल्लो दुई हप्तासम्म केही पाहुना थिए । ती पाहुना पनि गएपछि रिसोर्ट फागुन अन्तिम साताबाट शून्य नै भयो । कोरोना प्रभावले रिसोर्ट नै ठप्प भएपछि रोयल पाम व्यवस्थापनले एक महिनाका लागि कामदारलाई बिदा दिएर बन्द भएको छ । ‘सुरुमा कर्मचारी आलोपालो गरेर रिसोर्ट खुला राख्ने कि भन्ने थियो । पछि पाहुना शून्य भए, सरकारले पनि सूचना जारी गर्‍यो,’ म्यानेर श्रेष्ठले भने, ‘बुधबारदेखि एक महिनालाई रिसोर्ट बन्द गर्‍यौं ।’  

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ