शुक्रबार, असार १४ गते २०८२

एस.ई.ई.तत्कालकाे लागि स्थगित

एस.ई.ई.तत्कालकाे लागि स्थगित

अखबार दैनिक
बुधबार, चैत ५ २०७६
  • चैत, काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । परीक्षा सुरु हुने अघिल्लो दिन साँझ मात्र सरकारले स्थगितको निर्णय गरेको हो । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको अनलाइनखबरलाई जानकारी दिए ।
    एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो । परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी हुँदै थिए । किन एकाएक स्थगित भयो परीक्षा ? कोरोनाबारे निर्णय गर्न सरकारले उपप्राधानमन्त्री पोखरेलको नेतृत्वमा समन्वय समिति बनाएको छ । यो समितिको बुधबार दिउँसो बसेको बैठकले एसईई परीक्षा स्थगित नगर्ने तर परीक्षा केन्द्रहरुमा हेल्थ डेस्क स्थापना गरेर सुरक्षित र व्यवस्थित गर्ने निर्णय गरेको थियो । तर लगतै बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा नेताहरुले एसईई परीक्षा स्थगित गर्नुपर्ने धारणा राखे । त्यही आधारमा उपप्रधानमन्त्री पोखरेलले दिउँसो बसेको समन्वय समितिकै निर्णय हुने गरी परीक्षा स्थगितको घोषणा गरेका हुन् । स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन । यस वर्ष करिब ५ लाख विद्यार्थीले एसईई दिँदै थिए । विश्वविद्यालयको परीक्षाबारे भोलि निर्णय राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा ११ र १२ सहित विश्वविद्यालयले लिने परीक्षाबारे भने निर्णय भइसकेको छैन । यसमा विषयमा छलफलका गर्नका लागि शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयका अधिकारीहरुलाई बुधबार मन्त्रालयमा बोलाएका छन् । छलफलपछि विद्यालयका परीक्षाहरु पनि स्थगित हुनसक्ने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ