शुक्रबार, असार १४ गते २०८२

प्रदेश सभाः कांग्रेसले नाजायज माग उठाएर संसदलाई अनिर्णयको बन्दी बनायोः नेकपा

प्रदेश सभाः कांग्रेसले नाजायज माग उठाएर संसदलाई अनिर्णयको बन्दी बनायोः नेकपा

अखबार दैनिक
आइतबार, चैत २ २०७६
  • गण्डकी प्रदेश सभाको बैठक लगातार चार दिन स्थगित भएपछि दलहरु आक्रामक बन्दै गएका छन् । आइतबार संसद अवरुद्ध गरेपछि प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा दुबैले पत्रकार सम्मेलन गरी एकले अर्कालाई आरोप प्रत्यारोप गरेका छन् । नेपाली कांग्रेसले निर्वाचन क्षेत्र कार्यक्रम, संसद सचिवालय विधेयक, अबण्डा बजेटलगायतका विषयमा सरकारले मनपरी गर्न खोजेकाले चुप लागेर नबस्ने चेतावनी दिएको छ । नेकपाले नेपाली कांग्रेसले नाजायज माग उठाएर संसदलाई अनिर्णयको बन्दी बनाउन खाजेको आरोप लगाएको छ । ‘कांग्रेसले जुन विषय उठाएर संसद अवरुद्ध गरेको छ । यो कुनै पनि विधि र प्रक्रियासम्मत छैन । संसदमा राजनीतिक विषय उठाइरहेको छ,’ नेकपा संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले भने, ‘जायज मागको जवाफ दिने हो, नाजायज मागको दिन जरुरी छैन ।’ कार्यविधिमा मुख्यमन्त्रीलाई अन्तिम निर्णय गर्ने अधिकारको मुख्यमन्त्रीले प्रयोग गरेको उनको भनाइ छ । ‘सहमति गर्न पनि नसक्ने अनि मुख्यमन्त्रीको निर्णयलाई नमानेर संसद अवरुद्ध गर्ने काम विधिसम्वत छैन,’ अधिकारीले भने, ‘अब सत्तारुढ दलले जिम्मेवारीअनुसार भूमिका अगाडि बढाउँछ ।’ सत्तारुढ दल अब बहुमतकै आधारमा अगाडि बढ्ने सोचमा पुगेको छ भने प्रतिपक्षी दल सरकारले निर्णय सच्याउने र जवाफ नदिएसम्म संसद चल्न नदिने अडानमा छ । कांग्रेसले आइतबार चौथो दिन संसद अवरुद्ध गरेपछि ५ गतेसम्मका लागि स्थगित भएको छ । संसद बैठक सुरु हुनेबित्तिकै कांग्रेसले उठेर संसदमा अवरोध गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ