शुक्रबार, असार १४ गते २०८२

कालोबजारी गर्ने माथी कडा कारवाही गर्ने मन्त्रीको चेतावनी

कालोबजारी गर्ने माथी कडा कारवाही गर्ने मन्त्रीको चेतावनी

अखबार दैनिक
शनिबार, चैत १ २०७६
  • पोखरा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना भाइरसको त्रासदेखाएर कालोबजारी गर्न खोज्ने माथि कडा कारवाही गर्ने चेतावनी दिनुभएको छ । शनिवार पोखरा औद्योगिक ग्रामको निरिक्षण पश्चात उहाँले बजारमा दैनिक उपभोग्य वस्तुको अभाव नरहेको र अभाव सिर्जना गरी कालोबजारी गर्न खोज्नेलाई सरकार कडा कार्बाही गर्ने बताउनुभयो । दैनिक उपभोग्य वस्तुको सहज आपूर्ती भइरहेकोले कालोबजारी कसैले गरेको थाहा पाए जानकारी गारउन समेत स्थानियवासीहरुलाई आग्रह गर्नुभयो । बिपत्तिको मौका पारी बजारमा कालोबजारी गर्ने जोकोहीलाई पनि सरकारले छुट नदिने भन्दै मन्त्री भट्टले बिपत्तिको समयमा सहयोग गरि सभ्य मानिसको परिचय दिन सबैलाई अपलि गर्नुभयो । पर्यटकीय शहर पोखराको पर्यटन व्यवसायको अवस्था, बजारको चहलपहल तथा बजारको बस्तुस्थितिका बारेमा जानकारी लिनका यहाँ आएको बताउदै मन्त्री भट्टले पोखरा औद्योगिक क्षेत्रको पनि निरिक्षण गरेको बताउनुभयो । नेपाल सरकारले औद्योगिक क्षेत्रहरुलाई व्यवस्थित तथा सहज ढंग बाट सञ्चालन गर्न नयाँ योजना बनाउन लागेको उहाँले जानकारी दिनुभयो । एक स्थानिय तहमा एक उद्योग ग्राम निति सरकारले लिएको बताउदै मन्त्री भट्टले ठुला उद्योग संघिय सरकार,मझौला उद्योग प्रदेश सरकार र साना उद्योग स्थानिय सरकारले सञ्चालन गर्ने गरि तयारी गरेको बताउनुभयो । गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले मूल्यभन्दा बढीमा बिक्री गरिनु गैरकानूनी रहेको बताउदै बिपत्तिको मौका छोपी बजारमा बिभिन्न खाद्यवस्तूहरुको अभाव सिर्जना गरी कालोबजारी गर्न खोज्ने व्यापारिक,फर्म तथा विक्रेतालाई कारवाहीको दायरामा ल्याइने बताउनुभयो । मन्त्री लम्सालले गुणस्तरहिन अखाद्यवस्तू बिक्री वितरणको लागि बजारमा नपठाउन समेत उद्योग व्यवसायीहरुलाई आग्रह गर्नुभयो । मन्त्री नेतृत्वको टोलीले पोखरा औद्योगिक क्षेत्रमा सञ्चालित पञ्चकन्या इञ्जिनियरिङ,गोरी शंकर बिस्कुट,हिमश्री फुड्स रारा चाउचाउ लगाएतका उद्योगहरुको अवलोकन तथा निरिक्षण गरेको थियो । ग्राहक बनेर मन्त्री भट्टले शुक्रबार साँझ पोखराका केही डिपार्टमेन्टल स्टोर्समा आकस्मिक अनुगमन तथा निरीक्षण समेत गर्नुभएको थियो । पछिल्लो समय देशमा कोरोना भाइरस सङ्क्रमणको त्रासलाई देखाएर ग्यास, खाद्यान्न, लत्ताकपडामा कालोबजारी गर्ने तथा कृत्रिम अभाव सिर्जना हुन थालेपछि सरकारी निकायले कडा निगरानी तथा अनुगमन थालेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ