ण्डकी प्रदेशअन्तरगत गल्कोट नगरपालिकाको टेउवामा हालै अन्तरराष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला आयोजना गरिएको थियो । अन्तरराष्ट्रिय स्तरमा ख्याती कमाएका कलाकारहरु सहभागी गराएर आयोजना गरिएको कार्यशालाले देशभरिका कलाप्रेमीको ध्यान खिच्यो । यस अवसरमा स्थानीय र कलाकारहरूले एकापसमा सद्भाव साटासाट गरे । चिनाजानी गरे ।
कार्यशालामा नेपालबाट मूर्तिकारहरू प्रवीणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिठाकोटेले सहभागिता जनाएका थिए ।
यस्तै जुनीचिरो सुगीमोतो (जापान), ल्यू याङ्ग (चीन), बिटिनो फ्रान्सेनी (इटाली), जिवियर गोञ्जालेज (फ्रान्स), लिन लि जेन (ताइवान), जुली ग्लास्पी (क्यानाडा), टुटु पटानायक (भारत), तान्या पि्रमेन्जर (इजरायल), जर्ज लुइज (ब्राजिल) र युक्रेनका मूर्तिकार ल्यूडमाइला माइस्कोले सहभागिता जनाए ।
कार्यक्रममा दशजना विदेशी कलाकार समेतको आगमनले बाग्लुङबासी हषिर्त भए । जिल्लाका टाढा टाढादेखि मूर्ति हेर्न स्थानीयवासीहरु टेउवा आइपुगे । आफ्नै आँखा अगाडि कलाकारले सुन्दर मूर्ति तयार पारेको देखेर उनीहरु उमंगित बने ।
गत फागुन ५ देखि गल्कोट नगरपालिका–५ टेउवामा सुरुभएको अन्तराष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालाले अन्तराष्ट्रिय मान्यता प्राप्त गर्दै बुधबार सकिएको छ । कार्यशालाले मुर्तिसँगै अन्तराष्ट्रिय स्तरको मान्यता पनि प्राप्त गरेको हो । संग्रहालय बनाउने भनिएको कार्यशालामा ठुला ठुला ढुंगामा बनेका आकृति तयार भएका छन् । तिनै आकृति र सहभागि मुर्तिकारको मुल्यांकन गर्दै अन्तराष्ट्रिय मान्यता सहितको प्रमाणपत्र कार्यशालाले पाएको छ । गण्डकी प्रदेशमै पहिलोपटक अन्तराष्ट्रिय स्तरमा ख्याती कमाएका कलाकार सहभागी गराएर आयोजना गरिएको कार्यशालाले अन्तराष्ट्रिय स्तरको मान्यता पाएको हो । मुर्तिकारहरुको अन्तराष्ट्रिय संस्था ‘Aiesm’ले कार्याशालालाई मान्यता दिएको हो । बुधबार उक्त संस्थाले पठाएको प्रमाणपत्र गल्कोट कला केन्द्रलाई हस्तान्तरण गरिएको छ । कार्यशालाले अन्तरराष्ट्रिय स्तरको मान्यता पाएसँगै यसको गरिमा थप बढेको कार्यशालाका अभियन्ता तथा मुर्तिकार ओम खत्रीले बताए । बुधबारनै गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले कार्यशालाको समापनगरे ।
कार्यशालामा १० विदेशीसहित १५ मूर्तिकारले भाग लिएका थिए । ठुला ढंगाबाट बनेका मुर्ति कार्यशाला स्थलमा ठडिएका छन् । अव यो स्थान पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने छ । कलाकारलाई बिहिबार बिहान बिदाई गर्ने कार्यक्रम रहेको संस्थाले जनाएको छ । मूर्तिकारलाई सघाउन नेपालका पाँच र भारतका पाँच गरी १० सहयोगी मूर्तिकार पनि कार्यशालामा सहभागी थिए । यो कार्यशालाबाट तयार भएका मुर्तिबाट अनुसन्धान केन्द्र बनाउने योजना रहेको आयोजक संस्था गल्कोट कला केन्द्रका अध्यक्ष पुर्ण बहादुर रानाले बताए ।
प्रस्तुत छ कार्यशालामा तयार भएका केहि मुर्तिहरुको तस्विर….

मूर्तिकारहरुको अन्तराष्ट्रिय संस्था (एआइएसएम) ले कार्यर्शालालाई बुधबार मान्यता दिएको छ । उक्त संस्थाले पठाएको प्रमाणपत्र ‘गल्कोट कला केन्ऽ’लाई हस्तान्तरण गरिएको छ ।
कार्यशालाले अन्तरराष्ट्रिय स्तरको मान्यता पाएसँगै यसको गरिमा थप बढेको कार्यशालाका अभियन्ता तथा मूर्तिकला कार्यशालाका अन्तराष्ट्रिय संयोजक ओम खत्री बताउँछन् ।
गल्कोट कला केन्द्रका अध्यक्ष पूर्णबहादुर राना भन्छन्, ‘कार्यशालालाई सफल ढंगले सञ्चालन गर्न सकेकोमा सबैप्रति आभारी छौँ ।’
कार्यशालामा सहभागी सम्पूर्ण कलाकारलाई बिहीबार बिहान कामको प्रशंसा गर्दै कलाश्रमको मूल्यसहित बिदाइ गरिएको छ ।
कार्यशालास्थलका केही तस्वीर

( आरके अदीप्त गिरीको सहयोगमा)