शुक्रबार, असार १४ गते २०८२

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

अखबार दैनिक
बुधबार, फागुन २१ २०७६
  • काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ ।चार घण्टा लगाएर गरिएको प्रत्यारोपण सफल भएको शिक्षण अस्पतालले जनाएकाे छ । शिक्षण अस्पताल महाराजगञ्जमा बिहान १० बजेदेखि प्रत्यारोपण सुरु भएको थियो । प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालेको ती डाक्टरको भनाई छ । यसबारे ४ बजे पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिइने अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीकाे सफल मिर्गाैला प्रत्याराेपणकाे कामना गर्दै अस्पतालबाहिर ठूलै सङ्ख्या शुभेच्छुक उपस्थित भएका थिए । विभिन्न देशका प्रमुखले पनि प्रधानमन्त्री ओलीलाई शुभकामना दिएका थिए । प्रधानमन्त्री ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएकाे हाे । यसअघि भारतको एपोलो अस्पतालमा १२ वर्षअघि मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ