पोखरा,१८ फागुन । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ नेल्टाको अध्यक्षमा पुनः जनक रावल निर्वाचित भएका छन् ।
काठमाण्डौंमा भएको दोश्रो महाधिवेशनबाट रावलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । नयाँ समितिमा केही पूरानै अनुहार दोहोरिएका छन् भने केही नयाँ छन् ।
४९ सदस्यीय कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा एलवी शाही, खुला उपाध्यक्षमा पुष्कर नेपाल, दलित उपाध्यक्षमा दीपेन्द्र परियार, महिला उपाध्यक्षमा दिलमाया श्रेष्ठ र राधा भुषाल भण्डारी, प्राइभेट समावेशी छवी भट्टराई, ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता तथा निजी उपाध्यक्षमा लक्ष्मण घिमिरे र मधेशी उपाध्यक्षमा युगल किशोर सिंह निर्वा्चित भएका छन् । आदिवासी जनजातिर्फका उपाध्यक्षमा समितिको पहिलो बैठकले मनोनयन गर्नेछ ।
समितिको महासचिवमा सुरेशकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भए । पोखराका श्रेष्ठ अघिल्लो कार्यकालमा समेत महासचिव भई काम गरेका थिए ।
उपमहासचिवमा सुमन चौ प्रधान, खुला सचिवमा शिरिष गौतम, महिला सचिवमा विद्यादेवी अधिकराी ढुंगाना, समावेशी सचिवमा कृष्णप्रसाद महतो, कोषाध्यक्षमा अस्वस्थमा अर्याल चयन भए । खुला सदस्यहरुमा विरेन्द्र केसी, तिलक आचार्य, कृष्णपसाद भट्टराई, हरिदत्त सुवेदी, चित्रबहादुर बस्नेत, प्रेम घोडासैनी, रामदेव महासेठ तथा प्रदेशबाट केन्द्रिय सदस्यतर्फ १ बाट रिखिलाल गौतम, २ बाट विरेन्द्रप्रसाद पटेल, बागमतिबाट श्रीराम खतिवडा, गण्डकीबाट बुद्धीबहादुर देउजा, ५ बाट श्रीधर अधिकारी, कर्णालीबाट खडानन्द पाण्डे र सुदुर पश्चिमबाट रघुविर सिंह ठगुन्ना चयन भएका छन् ।
प्रदेश १ को संयोजकमा पुरुषोत्तम पाण्डे, २ मा विकु यादव, बागमती प्रदेशमा शंकर सिंह, गण्डकी प्रदेशमा सहदेव पौडेल, ५ मा रामप्रसाद अधिकारी, कर्णालीमा हिमराज डिसी र सुदुरपश्चिममा लालबहादुर बोहरा निर्वा्चित भएको नवनिर्वाचित महासचिव श्रेष्ठले पिसपोखरालाई जानकारी दिए ।