शुक्रबार, असार १४ गते २०८२

नेकपा सानोतिनो भूकम्पले चर्किने घर होईनः मन्त्री भट्टराइ

नेकपा सानोतिनो भूकम्पले चर्किने घर होईनः मन्त्री भट्टराइ

अखबार दैनिक
बिहीबार , फागुन १५ २०७६
  • पोखरा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेकपा सानोतिनो भूकम्पले चर्किने घर नभएको बताउनुभएको छ । बिहीबार पोखरामा आयोजित ‘रवीन्द्र अधिकारी स्मृति दिवस समारोह’ मा बोल्दै उहाँले पार्टीमा सानोतिनो भूकम्प जाँदैमा आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो । हिजोआजका सञ्चारमाध्यममा काठमाडौंमा अलिअलि सानोसानो भूइँचालो गईरहेको देखिएको भन्दै यस्ता साना तिना भूकम्पले नेकपा चर्किनेवाला नरहेको बताउनुभयो । बुधबार पार्टी सचिवालय बैठकमा नेता बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्ने भनी भएको निर्णय र त्यसमाथि प्रधानमन्त्रीले व्यक्ति गरेको प्रतिक्रियाबाट उत्पन्न परिस्थितिबाट विचलित हुन नहुने उहाँको भनाई थियो । नेपाल कम्युनिस्ट पार्टीसँग ४ जना प्रधानमन्त्री भएको चर्चा गर्दै एउटा समाजिक हिसाबले पनि, एउटा ठूलो प्रतिष्ठा बनाएको पार्टीका रुपमा नेकपा अघि आएको मन्त्री भट्टराईको भनाई थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ