शुक्रबार, असार १४ गते २०८२

राष्ट्रियसभा सदस्यको शपथ २१ गते

राष्ट्रियसभा सदस्यको शपथ २१ गते

अखबार दैनिक
मंगलबार, फागुन १३ २०७६
  • १३ फागुन,1 काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा सदस्यको शपथ यही फागुन २१ गतेका लागि तय भएको छ । गत माघ ९ गते निर्वाचित १८ जनालाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ गराउने कार्यक्रम २१ गतेका लागि तय भएको संघीय संसद सचिवालयले जानकारी दिएको छ । राष्ट्रिय पोशाक वा आ-आफ्नो पहिचान झल्किने पोशाकमा शपथ लिन सक्ने सचिवालयले जनाएको छ । साथै आफ्नो मातृभाषामा समेत शपथ लिन सक्ने सचिवालयले जारी गरेको सूचनामा उल्लेख गरेको छ । त्यसका लागि शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी ३ दिन अगावै संघीय संसद सचिवालयमा पठाउनु पर्ने छ । शपथ लिने राष्ट्रियसभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको सक्कल तथा प्रतिलिपि एक/एक प्रतिसहित एक घण्टा अगावै उपस्थित हुन सूचित गरिएको छ । १८ जना सदस्यको दुई वर्षे कार्यकाल यही फागुनमा सकिने भएपछि उनीहरुको स्थानमा चुनाव भएको थियो । जसमा नेकपाका १६ र राजपाका २ जना उम्मेदवार निर्वाचित भएका छन् । प्रदेश एकबाट ३ जना, प्रदेश दुईमा ४, बागमतीमा २, गण्डकी प्रदेशमा २, प्रदेश पाँचमा ३, कर्णालीमा २ र सुदूरपश्चिम प्रदेशबाट  २ जना निर्वाचित भएका हुन्

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ