शुक्रबार, असार १४ गते २०८२

सरकार अलोकप्रिय बनाउन विपक्षीहरूले जनतामा भ्रम छरेः प्रधानमन्त्री ओली

सरकार अलोकप्रिय बनाउन विपक्षीहरूले जनतामा भ्रम छरेः प्रधानमन्त्री ओली

अखबार दैनिक
सोमबार, फागुन १२ २०७६
  • पोखरा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अलोकप्रिय बनाउन विपक्षीहरूले जनतामा भ्रम छरेको बताउनुभएको छ । सोमबार नेकपाको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विपक्षीले गैरविषयलाई विषय बनाएर जनतामा भ्रम छरेको भन्दै त्यस्ता किसिमका भ्रममा नपर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । सानो कुरालाई तथा ‘नन् इस्युलाई ठुलो इस्यु बनाएर भ्रम छर्ने काम भईरहेको उहाँको भनाई थियो । नेकपा अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले विपक्षीलाई कुखुराको चल्लासँग तुलना गर्दै ‘कुखुराको एक चल्लाले फट्यांगो टिपेर गुरर दौडिन्दाँ अरु चल्लाहरुपनि त्यो चल्लाले के टिप्यो थाहा नपाइकन पछिपछि कुदेजस्तो सरकार बिरोधीहरु पनि त्यसरीनै कुद्ने गरेको बताउनुभयो । जनतामा भ्रम छर्ने, सरकारलाई अलोकप्रिय बनाउन खोज्नेहरु धेरै लागेको बताउदै त्यस्ता किसिमका भ्रममा नपरी अल्लि चनाखो भएर आफ्नो सरकारले गरेका कामहरु जनता माझ मसिनो गरि बुझाउन कार्यकर्तालाई आग्रह गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुहरु बाट विश्वका कम्युनिष्ट र प्रगतिशिल आन्दोलनले पाठ लिएको दाबी गर्दै पार्टी एकतालाई जोगाइराख्न कार्यकर्तालाई आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले सरकारले सडक,शिक्षा, स्वास्थ्य, उर्जा, विकास निर्माणमा धेरै उल्लेखनिय काम गरिरहेको बताउनुभयो । प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने ४ पक्राउ प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोखरामा कालो झण्डा देखाउन खोजेको आरोपमा चार जना पक्राउ परेका छन् । नेकपा गण्डकी प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला सम्बोधन गर्न जाँदै गर्नुभएका प्रधानमन्त्री ओलीलाई पोखरा सभागृहको गेट नजिक समाजवादी विद्यार्थी युनियनले कालो झण्डा देखाउन खोजेको हो । प्रहरीले समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटा, विशाल तिमिल्सिना र प्रवास भट्टराईलाई पक्राउ गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ