शुक्रबार, असार १४ गते २०८२

सहजतामा तपाईहरु नै पसिना बगाउनुहाेस् अफ्ठ्याराेमा सरकार छ : मन्त्री लम्साल

सहजतामा तपाईहरु नै पसिना बगाउनुहाेस् अफ्ठ्याराेमा सरकार छ : मन्त्री लम्साल

अखबार दैनिक
शुक्रबार, फागुन ९ २०७६
  • गाेरखा गण्डकी प्रदेशका उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले राज्यले अगाडि सारेकाे सुखी नेपाली, समृद्ध नेपालकाे महाअभियान जनताले खल्खली पसिना नबगाएसम्म पूरा नहुने भन्दै, कामका लागि सानाे, ठूलाे नभनीकन लाग्न सबै नागरिकलाई अाग्रह गर्नुभएकाे छ । गाेरखा जिल्लाकाे सहिद लखन गाउँपालिका वार्ड नं. ८, बुङ्काेटमा रहेकाे सन्तानेश्वर शिव मन्दिरमा अायाेजना भएकाे प्रथम शिवरात्री मेलालाई सम्बाेधन गर्ने क्रममा मन्त्री लम्सालले उक्त कुरा बताउनुभएकाे हाे । सम्बाेधनकै क्रममा मन्त्री लम्सालले भने-बाटाेघाटाे, पुल पुलेसा, सिंचाइ, खानेपानी लगायतका पूर्वाधार विकास र उद्योगमैत्री व्यवसायिक काे काम हामी गर्छाैं, उद्योग, व्यवसाय संचालनका लागि सहज वातावरण पनि हामी नै सिर्जना गर्छाै तपाईं काम गर्ने दृढ अठाेट बाेकेर अगाडि बढ्नुहाेस् । अाफ्नै माटोमा पसिना बगाउने इलमी हहातहरुलाई अप्ठ्यारोमा सरकारले साथ दिने मन्त्री लम्सालकाे भनाइ थियो । कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष काशीनाथ अमगाई, पूर्णकुमार श्रेष्ठ, अशाेक शर्मा भट्ट, राजनबाबु श्रेष्ठ, उत्तरकुमार श्रेष्ठ, बाशु ढकाल लगायतले बाेल्नुभएकाे थियो । उक्त कार्यक्रममा सुमधुर स्वरका धनी लाेक दाेहाेरी गायक जीवन दाहाल र सजना बास्ताेलाले लाेक तथा दाेहाेरी गीत प्रस्तुत गर्नुभएकाे थियाे भने नव इन्द्रेणी बुङ्काेट युवा क्लवका कलाकारहरु र स्थानीय बुबा अामाहरुले भजन चुट्का समेत प्रस्तुत गर्नुभएकाे थियाे । नव इन्द्रेणी बुङ्काेट युवा क्लवका अध्यक्ष रामकुमार श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे संचालन सचिव राजेश श्रेष्ठले र स्वागत रमा श्रेष्ठ गर्नुभएकाे थियाे ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ