शुक्रबार, असार १४ गते २०८२

पर्वतको रानीपानीमा रुम्टा लिफ्ट खानेपानी आयोजनाको निर्माण कार्य शुरु

पर्वतको रानीपानीमा रुम्टा लिफ्ट खानेपानी आयोजनाको निर्माण कार्य शुरु

अखबार दैनिक
शुक्रबार, फागुन ९ २०७६
  • पर्वतको विहादी गाउँपालिका वडा नं. ३ रानीपानी स्थित रुम्टा लिफ्ट खानेपानी आयोजनाको निर्माण कार्य शुरु भएको छ । २ करोड ५० लाखको लागत स्टिमेट रहेको उक्त खानेपानी आयोजनाको शुक्रबार शिलान्यास गरिएको छ । उक्त लिफ्ट खानेपानी आयोजनाको लागि गण्डकी प्रदेश सरकारले बजेट बिनियोजन गरेको थियो ।  उक्त खानेपानी आयोजनाको शिलान्यास गर्दै विहादी गाउँपालिकाका अध्यक्ष कमल प्रसाद भुषालले लामो समय देखि खानेपानीको चरम समस्या झेल्दै आएका यहाँका बासीन्दाहरु अब खानेपानीको समस्या बाट मुक्त हुने बताउनुभयो । लिफ्ट खानेपानी आयोजनाको निर्माण कार्य समयमै सम्पन्न गराउनको लागि स्थानिय सरकारले निरन्तर अनुगमन गर्ने बताउदै उहाँले समयमै काम सम्पन्न गराउनको लागि स्थानियवासीहरु समेत क्रियाशिल हुनुपर्नेमा जोडदिनुभयो । लिफ्ट खानेपानी महगाें पर्न जाने स्थानियवासीको गुनासोलाई मेटाउनको लागि लिफ्ट खानेपानीको विद्युत महशुल गाउँकार्यपालिकाबाटै भुक्तानी हुने गरि व्यवस्था मिलाउने तयारी गरेको हुदाँ स्थानियवासीलाई ढुक्क हुन आग्रह गर्नुभयो । भुषालले विहादी गाउँपालिकाका प्रत्येक घरधुरीमा खानेपानीको पहुँच पु¥याउनको लागि आफु निरन्तर लागिपरेको बताउनुभयो । उक्त लिफ्ट खानेपानी आयोजना सञ्चालनमा आएपछि रानीपानीको भाटीचौर,साउथर,कुमाल गाउँ,पसियार लगाएतका ठाउँका वासीन्दाहरु लाभान्वित हुने वडा नं. ३ का वडाध्यक्ष रण बहादुर आलेले जानकारी दिनुभयो । उक्त आयोजनाबाट १ सय ५० भन्दा बढी घरधुरी लाभान्वित हुनेछन् लिफ्ट खानेपानी आयोजनाको काम शुरुभए सँगै स्थानियवासी निकै हर्षित भएका छन् । रानीपानीमा अर्को बृहत अरेबा लिफ्ट खानेपानी आयोजनाको काम समेत शुरु हुदैछ । यी दुई खानेपानी आयोजना सञ्चालन भएपछि रानीपानी खानेपानीको समस्या बाट पूर्ण मुक्त हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ