शुक्रबार, असार १४ गते २०८२

प्रदेश सरकारको कामले १ नं. प्रदेशको शान,सबैको अनुहारमा मुस्कान छावसः प्रदेश प्रमुख अधिकारी

प्रदेश सरकारको कामले १ नं. प्रदेशको शान,सबैको अनुहारमा मुस्कान छावसः प्रदेश प्रमुख अधिकारी

अखबार दैनिक
शनिबार, फागुन ३ २०७६
  • प्रदेश नं. १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी “प्यासी”ले हरेक योजना र भावी कार्यक्रममा भ्रष्टचार विरुद्ध शुन्य सहनशीलता अपनाउन सम्बन्धित पक्ष स— शक्त्तरुपमा लाग्नुपर्ने बताउनुभएको छ । शनिवार प्रदेश सरकार गठन भएको दुईबर्ष पुरा भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले प्रदेश सरकारद्वारा सम्पादित शान्ति सुरक्षा, शिक्षामा सूचना लगायत विकास निर्माणका हरेक पक्षमा पारदर्शी तुल्याउनुपर्नेमा जोड दिनुभयो । जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवाद उन्मुख कार्यमा प्रतिबद्ध रही संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्ध प्रदेश निर्माण गर्ने कार्यमा प्रदेश सरकार लागीपर्नेमा आफु विस्वस्त रहेको बताउनुभयो । स्वच्छ, सुखी र सम्मुनत प्रदेशको नारा लिएर गठन भएको प्रदेश सरकारले दुई वर्ष पूरा गरेको सुखद उपलक्ष्यमा प्रदेश सरकारद्वारा आयोजित मुख्य उपलब्धीहरुको सार्वजनिकीकरण कार्यक्रमले जनता समक्ष प्रदेश सरकार साक्षात्कार भएको आफुले महशुष गरेको धारणा राख्नुभयो । संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म, संविधान कार्यान्वयनप्रतिको दायित्व, प्रादेशिक विकासका लागि तर्जुमा भइ प्रदेश सरकारबाट स्वीकृत भएको प्रदेश आवधिक योजनाको आधारपत्र र आम जनतासँग गरिएका प्रविवद्धतालाई अधार बनाएर प्रदेश सरकारले तय गरे बमोजिमका नीति तथा कार्यक्रमले दुई वर्षको छोटो समयमा प्राप्त भएका उपलब्धिहरु प्रशंसनीय रहेको प्रदेश प्रमुख अधिकारीको भनाई थियो । प्रदेश सरकारका शान्ति सुरक्षा, शिक्षा, स्वास्थ्य, यातायात लगायतका जनताले अनुभूति गर्ने कार्य गरेको र आइपरेका असहजतालाई सहजीकरण गर्दै “सुखी नेपाली समृद्ध नेपाल”को अभियानलाई आत्मसाथ गरेको बताउदै उहाँले समृद्धिका लागि प्रदेश सरकारले मुख्यमन्त्री युवा उद्यमशीलता कार्यक्रम लगायत सिमान्तकृत समुदायको खाद्यान्य माथिको पहुँच जस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने र एक पालिका एक आकर्षक पर्यटकीय पूर्वाधार निर्माण कार्यक्रमले “हाम्रै गौरव हाम्रै शान, सगरमाथा र केचनाले प्रदेशकै राख्छ उच्च मान” तथा “एक नम्बर प्रदेशको शान, सबैको अनुहारमा मुस्कान”को नारालाई सार्थक तुल्याउने बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ