लमजुङ
गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले लाेपाेन्मुख कला संस्कृतिको जगेर्ना गर्ने जिम्मेवारी सरकारले लिने बताउनुभएको छ ।
शुक्रबार ठाडो भाका लाेककला प्रतीष्ठानन नेपालले लमजुङको रनईनास नगरपालिकाकाे प्यारजुङमा अायाेजना गरेकाे खुल्ला ठाडो भाका प्रतियोगिता तथा ठाडो भाकाका सर्जकलाइ सम्मान गर्दै मन्त्री लम्सालले प्रदेश सरकारले नयाँ विधेयक ल्याएर भए पनि कला संस्कृतिको संरक्षण तथा जगेर्ना गर्ने बताउनुभयो
।
´सरकारले कला संस्कृति बचाउन विधेयक ल्याउन परे पनि ल्याउन तयार छ,के कस्तो वातावरण बनाउन पर्ने हो हामी बनाउछाैँ,मन्त्री लम्सालले भन्नुभयो,"सदिअाैँ देखिका अाफ्ना कला संस्कृतिकाे जगेर्ना गर्ने जिम्मेवारी एवम् दायित्व भने स्थानीयवासी तपाईंको हाे । गहनाकाे रुपमा लिईएको हाम्रो संस्कृतिकाे संरक्षण,प्रवर्द्धन तथा सम्वर्दन गर्न अावश्यक रहेको उहाँको भनाइ थियो । सदिअाैँ देखि मान्दै अाएका हरेक जाजजातीका कला संस्कृतिकाे प्रदेश सरकारले गहिरो गरि अध्ययन गरिरहेकाे मन्त्री लम्सालले बताउनुभयो ।

मन्त्री लम्सालले नेपाली कला संस्कृति राष्ट्रकाे सम्पत्ति भएको चर्चा गर्दै सांस्कृतिक पर्यटन समृद्धिकाे अाधार भएकाे बताउनुभयाे । बहुभाषिक,बहुसांस्कृतिक,बहुपहिचान भएको गण्डकी प्रदेशमा अनेकौं कला संस्कृति रहेकाे चर्चा गर्दै यहाँका ठाडो भाका,साेरठी,झ्याउरे,सालैजाे,यानिमाया,भजन,चुड्का लगाएतका संस्कृतिले गण्डकी प्रदेशको गरिमा उच्च बनाएको धारणा राख्नुभयाे ।

[contact-form][contact-field label="Name" type="name" required="true" /][contact-field label="Email" type="email" required="true" /][contact-field label="Website" type="url" /][contact-field label="Message" type="textarea" /][/contact-form]
उहाँले विभिन्न जातजातिका कला संस्कृतिलाई पर्यटकिय आकर्षणको रूपमा विकास गरि देश बाहिर र भित्र यसलाई अझ व्यापक बनाउनुपर्नेमा जाेड दिनुभयो ।
प्रख्यात लमजुङे ठाडो भाका पछिल्लो समय युवा पुस्ताले पछ्याउन नसक्दा लाेप हुने अवस्थामा पुगेको पाईन्छ ।कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य धञ्नजय दवाडीले लमजुङ कला संस्कृतिको खानी भएकाे दाबी गर्दै यहाँका खाेला,नाला,रुखले समेत लयात्मक रुपमा गुनगुनाउने गरेको चर्चा गर्नुभयो । उहाँले जिल्लाकाे विकासमा अाफु निरन्तर लागिरहेकाे बताउनुभयो ।
साे अवसरमा ठाडो भाकाका गायक,गायिका तथा सर्जकहरु लाई सम्मान गरिएको थियो ।