शुक्रबार, असार १४ गते २०८२

पर्वत महोत्सवमा दर्शकको भिड,पर्वतले पर्यटनमा ठुलो फड्को मार्छः मन्त्री लम्साल

पर्वत महोत्सवमा दर्शकको भिड,पर्वतले पर्यटनमा ठुलो फड्को मार्छः मन्त्री लम्साल

अखबार दैनिक
आइतबार, माघ १२ २०७६
    1. पर्वत छैटौँ पर्वत महोत्सवको तेस्रो दिन शनिवार एकैदिन ३० हजार दर्शकले मेलाको अवलोकन गरेका छन् । शनिवार विदाको दिन परेको हुदाँ पनि अत्यधिक दर्शक महोत्सव अवलोकनका लागि आएको आयोजकले जनाएको छ । शनिवार गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो भने चर्चीत कलाकार रामकृष्ण ढकाल,कला लम्साल,ईश्वर सिहं लगाएतका चर्चीत कालाकारको बजेड प्रस्तुती रहेको थियो । महोत्सवलाई सम्बोधन गर्दै मन्त्री लम्सालले परम्परागत रुपमा लाग्नेमेलाहरु हिजो आज महोत्सवका रुपमा विकास हुदै गएको र यस्ता खालका मेला महोत्सवले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । नेपालको चौथो सानो जिल्ला भएर पनि पर्वत प्राकृतिक स्रोत साधन,नदी,नाला तथा प्राकृति,सामाजिक र पर्यटकीय हिसावले धनी जिल्ला रहेको चर्चा गर्नुभयो । मन्त्री लम्सालले पर्वत पछिल्लो समय पर्यटकीय आकर्षणको केन्द्रको रुपमा विकासोन्मुख हुदै गएको बताउनुभयो । कुस्मा बजार नजीकै रहेका प्रसिद्ध धार्मिक स्थल गुप्तेश्वर गुफा र मोदीवेनी ,पन्चासे ,हम्पालको लेक र डहरेको लेक,शिला शालिग्राम,पैयूँकोट,मल्लज दरबार, अग्ला अग्ला झोलुगेंपुलहरु,यहाँका होमस्टे तथा संस्कृतिहरु स्वदेशी तथा विदेशी पर्यटकका आर्कषणका केन्द्र भएको बताउनुभयो । पर्वतका पर्यटकीय संभावना बोकेका पर्यटकिय स्थलहरुको प्रवद्र्धन गर्न प्रदेश सरकारले यथोष्ट बजेट विनियोजन गरेको बताउदै मन्त्री लम्सालले अबको दुई बर्ष भित्र पर्वतको पर्यटनले ठुलो फड्को मार्ने दाबी गर्नुभयो । साहासकि पर्यटनका लागि समेत पर्वत उत्तिकै धनी रहेको भन्दै ¥याफ्टिङ सञ्चालन हुदै आएको कालिगण्डकी नदी र यहाँ निर्माणको अन्तिम चरणमा रहेको बञ्जिजम्पले पर्वतको पर्यटनमा उल्लेखनिय प्रगति हुने दाबी गर्नुभयो । पर्वतको जलजलामा रहेको मृगसरोवरलाई भारतको जस्तै नैनीतालको रुपमा विकास गर्न लागिएको,पञ्चासे,डहरे,शालिग्राम,मोदीवेनी जस्ता पर्यटकीय क्षेत्रहरुमा थप पूर्वाधार निर्माण गर्न प्रदेश सरकारले बजेट बिनियोजन गरेको उहाँको भनाई थियो । महोत्सव समयमा झण्डै १ करोड बराबरको आर्थिक कारोबार भएको आर्थिक संयोजक गोपि अधिकारीले जानकारी दिनुभयो । दर्शकहरुको उत्साहजनक सहभागिताले हौसला थपिएको पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक केदारनाथ शर्माले जानकारी दिनुभयो । उहाँले दर्शकले गरेको अपार मायाका कारण महोत्सव पूर्ण रुपमा सफलताको नजिक पुगेको महसुस भएको संयोजक शर्माले बताउनुभयो ।
    पर्वत उद्योग वाणिज्य संघले हरेक तीन – तीन वर्षमा गर्दै आएको महोत्सवलाई अरु मेलाको तुलनामा भिन्न बनाउने प्रयास गरिएकोले दर्शकहरुको आकर्षण बढेको उहाँले दाबी गर्नुभयो । दर्शकहरुको रुची र चाहानालाई मध्यनजर राख्दै विविधतापूर्ण मनोरञ्जनको व्यवस्था मिलाइएको महोत्सव प्रचार संयोजक तथा उद्योग उपाध्यक्ष ठाकुर बि पौडेलले बताउनुभयो । जसले गर्दा मेलामा आउने दर्शकहरु पूर्ण रुपमा सन्तुष्ट रहेको पौडेलको भनाइ थियो । दर्शकहरुको चापले मेलास्थल भरिभराउ बनेको थियो । दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, हस्तकला, कृषिजन्य उत्पादन लगायतका स्टलहरुमा दर्शकहरुको भिड लागेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ