शुक्रबार, असार १४ गते २०८२

छैटौँ पर्वत महोत्सव शुरु,उद्योग धन्दा मार्फत मुलुकको सम्मृद्धि – अध्यक्ष तिमिल्सिना

छैटौँ पर्वत महोत्सव शुरु,उद्योग धन्दा मार्फत मुलुकको सम्मृद्धि – अध्यक्ष तिमिल्सिना

अखबार दैनिक
बिहीबार , माघ ९ २०७६
  • राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सनाले उद्योगधन्दा मार्फत मुलुकमा सम्मृद्धि ल्याउनुपर्ने बताउनुभएको छ । आज देखि पर्बतमा शुरु भएको समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आयोजित छैटौँ पर्वत महोत्सव–२०७६ को उद्घघाटन पछि बोल्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताउनुभएको हो । उहाले उद्योग धन्दा बिना मुलुकमा समृद्धि नआउने भन्दै उद्योग स्थापनाका लागि पहल गर्न उद्योग बाणिज्य संघलाई आग्रह समेत गर्नूभयो । उहाँले जिल्लामा एक गाउँपालिका एक उद्योग स्थापना गर्न उदेश्यका साथ प्रदेश सरकारले त्यस्ता क्षेत्रको पहिचान गर्ने र उद्योग स्थापना गराउने बतावरण बनाउने गरेको बताउनुभयो । तिमिल्सिनाले जिल्लाको विकासका लागी सवै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले जिल्लाले विकास निमार्णमा फड्को मार्दै गएको भन्दै पर्यटनको हिसाबमा अगाडि रहेको पर्बतलाई पर्यटकिय क्षेत्रको रुपमा अगाडि बढाउनको लागि सबैको पहल कदमी आबश्यक रहेको उल्लेख गर्नुभयो । तिमिल्सिनाले पर्बतमा रहेका बिभिन्न पकेट क्षेत्रहरुलाई जोनको रुपमा अगाडि बढाउँदै उत्पादनमा सुधार ल्याउने गरि योजना अगाडि बढाउन आग्रह गर्नुभयो । उहाँले जिल्लाको बिकासको लागि तिनै तह संघ, प्रदेश र स्थानिय तहको सहकार्यले जिल्लाको विकासमा फड्को मार्ने बताउँदै विकासका लागी सक्दो पहल गर्न आग्रह समेत गर्नुभयो । उहाँले अबको तिन बर्ष भित्र जिल्लाका सबै पालिकाका वडाहरु भित्र कालोपत्रे सडक पुग्ने बिश्वास दिलाउँदै सबैलाई ढुक्क भएर कृषि क्षेत्रमा लगानि बढाउन आग्रह गर्नुभयो । कृषी क्षेत्रको बिकासको लागि कृषकहरुलाई सरकारले दिने अनुदान अझै बढाउन आग्रह गर्न भन्दैै यस्ता महोत्सबले यस क्षेत्रको प्रबर्धनमा सहयोग पुग्ने धारण राख्नु भएको थियो । उहाँले तीनै तहले एउटै व्यवसायलाई कर लगाउने प्रवृतिको अन्त्य गर्न पर्नेमा जोड समेत दिनुभएको थियो । व्यवसाय गर्न सरकारले निरुत्साहन हैन प्रोत्साहन गर्ने योजनामा रहेको उहाँको भनाई थियो । पर्बत उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवले भ्रमण वर्षलाई समेत सघाउ पुग्ने आयोजकको अपेक्षा रहेको छ । कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य पदम गिरीले जिल्लाको विकासमा सबै एकजुट भई लाग्नुपर्ने बताउदै पर्बत सहमतिको जिल्ला भएको बताउनुभयो । आर्थिक विकासको लागि महोत्सवले महत्वपुर्ण भुमिका खेल्ने उहाँको भनाई थियो । उहाँले सरकारको समिक्षा गर्ने बेला नआएको भन्दै यो सरकारले क्षणिक विकास नभई जग बसाउने गरि विकास गर्ने योजनामा रहेको बताउनुभयो । नेपालमा पानी जहान र रेलको कुरा सपना नभई बर्तमान सरकारले ५ वर्षमा भित्रमा पुरा गर्ने उहाँको दाबि थियो । कार्यक्रममा जिल्ला स्थित राजनितिक दलका प्रमुख तथा सरोकारवाला निकायहरुले कार्यक्रम सफलताको शुभकामना दिदै महोत्सवले जिल्लाको विकासका लागी सहयोग पुग्ने बिश्वास ब्यक्त गरेका थिए । महोत्सवको मुल समारोह शुरु हुनु अघि बिभिन्न झाकी सहितको र्यालीले बजार परिक्रमा गरेको थियो । कार्यक्रम उद्योग बाणिज्य सघं पर्बतका अध्यक्ष तथा महोत्सब मुल आयोजक समितिका संयोजक केदारनाथ शर्माको अध्यक्षता तथा उद्योग बाणिज्य सघं पर्बतका महासचिब गणेश लामिछानकोे सञ्चालनमा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ