शुक्रबार, असार १४ गते २०८२

गण्डकी प्रदेशमा राष्ट्रिय सभाको सदस्यमा नेकपाका प्रवक्ता श्रेष्ठ र न्यौपाने बिजयी

गण्डकी प्रदेशमा राष्ट्रिय सभाको सदस्यमा नेकपाका प्रवक्ता श्रेष्ठ र न्यौपाने बिजयी

अखबार दैनिक
बिहीबार , माघ ९ २०७६
  • पोखरा गण्डकी प्रदेशमा राष्ट्रिय सभाको सदस्यमा नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेकपाकै भगवती न्यौपाने विजयी हुनु भएको छ । श्रेष्ठ गण्डकी प्रदेशको पुरुष खुल्लातर्फबाट र न्यौपाने महिला पदमा विजयी हुनु भएको हो । श्रेष्ठले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उमेदवार सुर्यप्रसाद रेग्मीलाई १२१८ मतभारको अन्तरले पराजित गर्नुभयो । श्रेष्ठले ३४६२ मतभार प्राप्त गर्नुभयो भयो भने रेग्मीले २२४४ मतभार प्राप्त गर्नुभएको निर्वाचन आयोगले जानकारी दिएको छ । यसैगरी महिला पदमा पनि नेकपाकै भगवती न्यौपानेले १ हजार २० मतभार ल्याएर विजयी हुनु भएको छ । उहाले काङ्ग्रेसकी विमला गौचनलाई पराजित गर्नुभयो । न्यौपानेले ३ हजार ३६६ मतभार ल्याउँदा गौचनले २ हजार ३४० मतभार ल्याउनु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ