शुक्रबार, असार १४ गते २०८२

पर्वत महोत्सवको तयारी तीब्र

पर्वत महोत्सवको तयारी तीब्र

अखबार दैनिक
मंगलबार, माघ ७ २०७६
  • पर्वत । समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आयोजित छैटौँ पर्वत महोत्सवको तयारी तीव्र पारिएको छ । गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९–२०२२ तथा नेपाल पर्यटन वर्ष २०२०लाई लक्षित गर्दै स्थानीय उत्पादन, कला संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले माघ ९ गतेदेखि १९ गतेसम्म महोत्सव आयोजना गरिएको हो ।अहिले महोत्सवको तयारी स्वरुप विभिन्न कामहरु धमाधम भइरहेकाे आयोजक पर्वत उद्योग बाणिज्य संघले जानएको छ । महोत्सवको तयारीको करिब ८० प्रतिशत जति काम भइसकेको उद्योग बाणिज्य संघका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक केदारनाथ शर्माले जानकारी दिनुभयो ।महोत्सवको गेट, मञ्च, रमाईलो मेला ब्यबस्थापनदेखि लिएर प्रचारप्रसारको कामहरु भैरहेको उहाँले बताउनुभयो ।महोत्सव आउन दुई दिन मात्र बाकिँ रहँदा तयारी पनि त्यसै अनुरुप भएको उहाँको भनाइ छ । महोत्सव संगसंगै भ्रमण वर्षलाई पनि लक्षित गरी बजारका विभिन्न ठाउँमा स्वागत द्धार पनि बनाईरहेको उहाँले बताउनुभयो । मनोरञ्जन तथा बाल उद्यानहरु, साँस्कृतिक झाँकीको तयारीदेखि कलाकारहरुको नामावली लगायतका सम्पूर्ण कार्यहरु अन्तिम चरणमा पुगेको संयोजक शर्माले बताउनुभयो । यस वर्षको महोत्सवमा महिला उद्यमी र कृषकलाई ३० वटा स्टल निशुल्क उपलब्ध गराइने भएको छ । आफनो संस्कृती झल्काउने र कृषिका स्टलहरुलाई बढी प्राथमिकता दिएको पनि उहाँले बताउनुभयो । अहिले सम्म ९० प्रतिशत स्टल बुकिङ्ग सकिएको महोत्सवका आर्थिक संयोजक तथा वरिष्ठ उपाध्यक्ष गोपी अधिकारीले जानकारी दिनुभयो । महोत्सवमा स्टल निर्माणको काम भैरहेको छ । महोत्सवमा २ सय स्टल रहने उहाँले बताउनुभयो । यसपटक पर्वत उद्योग बाणिज्य संघका सदस्यहरुले स्टल राख्दा समेत २५ प्रतिशत छुट दिइएको छ । महोत्सवमा रहने होटल बाहेकका ब्यबसायिक स्टलमा संघका सदस्यलाई २५ प्रतिशत छुट दिइएको महोत्सबका प्रचार संयोजक तथा उद्योग उपाध्यक्ष ठाकुर बि पौडेलले बताउनुभयो । महोत्सव अवधिभर सुरक्षाको तयारी पनि त्यसै अनुरुप भइरहेको संयोजक शर्माले बताउनुभयो ।प्राईभेट सेक्युरेटी, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट सुरक्षा दिने गरी सुरक्षाको व्यवस्था मिलाइएको उहाँको भनाई छ । हरेक तीन – तीन वर्षमा हुँदै आएको पर्वत महोत्सवमा भने पाँच लाख दर्शक भित्र्याउने लक्ष्य राखिएको छ । महोत्सवमा ५ करोडको कारोबार गर्ने अपेक्षा छ भने महोत्सवको मुख्य प्रायोजकमा प्रभु बैंक रहेको छ । त्यस्तै जिल्लाका सातवटै स्थानीय तहहरु सहआयोजकको रुपमा रहेका छन् । कला संस्कृति र कृषि तथा पर्यटन ब्यवसायलाई उजागर गर्न तथा यहाँको ब्यापार ब्यवसायलाई थप ब्यवसायिकरण गर्न महोत्सवले टेवा पुग्ने आयोजकको भनाइ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ