गण्डकी प्रदेश सरकारले प्रदेश भित्रका ११ जिल्लामा चार–चार वटाका दरले ४४ पर्यटकीय गन्तव्य निमार्ण र विकास गर्ने भएको छ ।
प्रदेशका ११ जिल्लामा रहेको प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक–एक वटा पर्ने गरि पर्यटकीय गन्तव्य विकास गर्न लागेको हो । यसका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशले प्रत्येक जिल्लावाट प्राकृतिक, ऐतीहासिक र धार्मिक हिसावले महत्वपुर्ण मानिएका सगै ओझेलमा परेका १० वटाका दरले १ सय १० प्रमुख पर्यटकीय गन्तव्यहरु छनौट गरिसकेको छ । तिनै १ सय १० वटा बाट एक जिल्लामा चारवटा पर्ने गरि ४४ स्थान छनौट गरि पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लागिएको हो ।
४४ गन्तव्यको विकासका लागि प्रति स्थान ४० लाखका दरले प्रदेश सरकारले अनुदान समेत दिने निर्णय गरेको सरकारका प्रवक्ता रामशरण वस्नेतले जानकारी दिए । जसका लागि प्देश सरकाले १७ कारोड ६० लाख खर्च गर्ने छ । प्रदेश मन्त्रिपरिषद बैठकले यसका लागि पर्यटकीय गन्तव्यहरुको पुर्वाधार विकास कार्यविधी २०७६ समेत स्वीकृत गरि सकेको उनले जानकारी दिए ।
यसरी हुन्छ छनौट
पर्यटकीय गन्तव्य छनौटका लागि प्रत्येक जिल्लामा प्रदेशसभाका सदस्यहरुमध्ये जेष्ठ सदस्यको संयोजकत्वमा प्रदेशसभाका अन्य सदस्यहरु र जिल्ला समन्वय समितिका प्रमुख सदस्यसगै जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकारी सदस्य सचिव रहेको सिफारिश समिति रहने छ । यही समितिले जिल्लामा यस अघि छनौट भएका १० स्थानवाट चार स्थान चयन गर्ने छ । र यही चार स्थानलाई सिफरिश गर्ने छ ।
छनौटका लागि पर्यटक आगमनको संख्या, स्थानीय तह वा समुदायमा समेत लगानी हुने सुनिश्चित भएको हुनु पर्न छ । त्यसैगरी भौतिक पुर्वाधारको अवस्था राम्रो भएको, प्राकृतीक रुपमा रमणीय, सांस्कृतिक, ऐतीहासिक तथा पुरातात्विक स्पमा महतवपुर्ण रहेको, अन्य पर्यटकिय गन्तव्यहरुसंग सामिप्यता भएको, विस्तृत परियोजना प्रस्ताव तयार भई स्वीकृत भएको लगायतका मापढण्डलाई स्थानहरु छनौट गरिने भएको छ ।
छनौट भएका दश दश प्रमुख गन्तव्य
मुस्ताङ – लोमान्थाङ, मुक्तिनाथ मन्दिर, लो–घेकर गुम्बा, धौलागिरी आइसफल, कागवेनी, दामोदर कुण्ड, जोमसोम गाँउ, कुछप तेरेङ्गा गुम्बा, टिटी ताल, लियोपाड केभ ।
म्याग्दी – गलेश्वरधाम, धवलागिरी बेसक्याम्प, धवलागिरी आइसफल, पुनहिल, मालिका धुरी, पुला ढोलठाना, रुप्से छहरा, तातोपानी कुण्ड, खोप्रा लेक र जगन्नाथ मन्दिर ।
बागलुङ – पञ्चकोट, ढोरपाटन, बागलुङ कालिका भगवती मन्दिर, गाईथुने, रुद्र ताल, भैरवस्थान मन्दिर तथा भकुण्डे, घुम्टे धुरी क्षेत्र, विहुँकोट शिवालय शिवधुरी भुलेनी क्षेत्र, सत्यवती मन्दिर र गाईघाट झरना ।
पर्वत – भमरकोट माटे, पञ्चासे पञ्चधाम धार्मिक क्षेत्र, डहरे निलकण्ठ पर्वत, चिसापानी कालिका र सुर्यास्तको दृश्य, महाशिला, सेतीवेणी शालिग्राम शिला, कुश्मा मोदीवेणी क्षेत्र, पैयुँकोट मन्दिर, बनजीजम्प स्काई साईकलिङ्ग र साहसिश पिङ्ग, महभीर छहरा आरोहण क्यानेनिङ ।
स्याङ्जा – सिरुबारी, साल्मेडाँडार नुवाकोट काला भैरव मन्दिर, सतौ चण्डी मन्दिर, आलम देवी मन्दिर, छायाँक्षेत्र मन्दिर, राम्दीधाम, कालिगण्डकी उच्चबाँध, स्वरेक मैदान स्वरेक कोट र गुफा, अनधा अन्धी, गहैकालिका ।
कास्की – फेवाताल, विश्वशान्ति स्तुपा, पातले छाँगो, गुफाहरु (गुप्तेश्वर, चमेरे, महेन्द्र, इन्द्र, शान्ति), विन्ध्यबासिनी मन्दिर, अन्नपूर्ण बेसक्याम्प, सराङ्कोट, बेगनासताल, रुपा तथा अन्य तालहरु, काहुँडाँडा, कोटहरु (रुपा, पुम्दी, कास्की, स्यालुङ र ठुला) ।
लमजुङ – लमजुङ दरबार, घले गाउँ, घनपोखरा, राइनासकोट, इलमपोखरी, सिउरुङ, भुजुङ, इशानेश्वर महादेव, काउलेपानी, दूधपोखरी ।
मनाङ – तिब्बती खम्पाको बङकर, गंगापूर्ण ताल, छो कर्णताल, काङ्गला पास पदयात्रा, पंकर ताल, डोना ताल, तिलिचो ताल, थोन्चे लार्के पदयात्रा, अन्नपूर्ण हिमाल, थोरङ्गलापास ।
गोरखा – गोरखा दरबार, मनकामना मन्दिर, छेकम्पार, बारपाक, लार्केपास, श्रीनाथकोट मण्डली, गोरखा कालिका, लिगलिगकोट, मनास्लु हिमाल क्षेत्र ।
तनहुँ – बन्दीपुर, व्यास पर्यटन क्षेत्र, मिलुङकोट, देवघाटधााम, ढोरवराही, छाब्दीवराही, छिम्केश्वरी, भानुभक्त जन्मस्थान, ढोरवराही मन्दिर, आधिमुल बराही, तनहुँसुर ।
नवलपुर – मौलाकालिका मन्दिर, कैलाश सन्यास आश्रम, शाश्वतधाम, कामधेनु क्षेत्र, अकलादेवी मन्दिर, गजेन्द्र मोक्ष धाम, देवचुली तथा बरचुली डाँडा, दाउन्ने देवी मन्दिर, मध्यबिन्दु, ल्होसो धारा बाबाधाम मन्दिर ।
नयाँपत्रिका बाट