साविकको उपविजेता बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगामा सानदार जित हात पारेको छ । घरेलु मैदानमा डर्टमन्डले पछि परेको स्थितिमा उत्कृष्ट पूनरागमन गर्दै अग्सवर्गलाई ५–१ गोलले हरायो । डर्टमन्डको जितमा पाको अल्कासेरले दुई, जाडोन सान्चो, मार्काे रिउस र जुलियन ब्रान्डले एक एक गोल गरे । अग्सवर्गका लागि फ्लोरियनले गोल गरेका थिए ।
पहिलो मिनेटमै अग्सवर्गका फ्लोरियनले खाता खोलेका थिए । डर्टमन्डले दुई मिनेट लगत्यै बराबरी गोल फर्कायो । तेस्रो मिनेटमा पाको अल्कासेरले बराबरी गोल गरे । पहिलो हाफमा १–१ गोलको बराबरीमा सकिएपनि डर्टमन्डले दोस्रो हाफमा चार गोल थपेको थियो ।