पोखरामा महिला प्याराग्लाइडरले आफ्नै लगानीमा प्याराग्लाइडिङ संचालनमा ल्याएकी छीन् । पर्यटकीय राजधानी पोखराको एक पहिचानको रुपमा मानिएको प्याराग्लाइडिङ लेकसाइड स्थिति हल्लनचोक नजिकै दुई करोडको लगानीमा ओपन स्काइ र फ्लाइ टि. जि कम्पनी संचालनमा ल्याएकी हुन । विगत २ वर्ष देखि पाइलट समेत रहेकी सर्मिला शर्माले उक्त कम्पनी संचालनमा ल्याएकी हुन । १२ वटा प्याराग्लाइड र १२ जना पाइलट रहेको उक्त कम्पनीले हाल सम्म करिब २२ हजार जना आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिएको संचालक शर्माले बताइन । पोखरामा आउने अधिकांश आन्तरिक तथा बाह्य पर्यटकले प्याराग्लाइडिङ गर्न चाहाना राखेकै हुन्छन, यो एउट एड्भेन्चर खेल पनि हो शर्माले भनिन पर्यटकलाइ उचित सेवा सुविधा दिने किसिमले कम्पनी संचालनमा ल्याएको उनको धारणा छ । पोखरामा प्याराग्लाइडिङ सराङकोटदेखी उडान भरिने गरिन्छ । पोखराको आकाशमा उड्दै फेवाताल, पोखरा बजार सेती नदि तथा हिमालको मनोरम दृश्य हेर्दा स्वर्गकै आभास हुने गर्दछ । विश्वकै उत्कृष्ट सहर मध्येको एक पोखरा सुन्दरताको रानीको रुपमा समेत लिइने गरिन्छ । पोखरामा पर्यटन व्यवसायको मुख्य व्यवसाय मध्ये प्याराग्लाइडिङ पनि एक रहेको संचालक शर्माले बताइन । १000 परिवारलाई पर्तक्ष पूण र १0000 आंसीक रोजगारी साथै राजस्व संकलन मा महत्पूण मानिने पोखराको प्याराग्लाईडीङ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पछी पनी दीर्गकालीन ब्यबस्थापन गर्न अहीलेको मूख्य आवश्कता रहेको सञ्चालक शर्मा बताऊछीन् ।