बुटवल ।
नेपाल टेलिभिजनको प्रस्तुुती र कि एडभरटाइजिङ्गको व्यवस्थापनमा सञ्चालित गायन प्रतियोगिता ‘नेपाल स्टार’को अडिशन जारी छ। सातै प्रदेशबाट गायन प्रतिभाको खोजी गर्ने अभियान अन्तर्गत प्रतियोगिताको लागि हालसम्म तीन प्रदेशका तीन शहरमा अडिशन सम्पन्न भएको छ । हामी नेपाली,हाम्रो आवाज’ नारासहित वाइवाइ नेपाल स्टारको अडिशन बुटवल लगाएत धनगढी र सुर्खेतमा सम्पन्न भएको छ भने मंगलबार पोखरामा हुँदैछ ।
१६ देखि ४५ उमेर समूूहका जो कोहीले सहभागिता जनाउन पाउने उक्त प्रतियोगिताको अडिशनका लागि फारम, उमेर खुुल्ने परिचयपत्र सहित दुुई ओटा फोटो आवश्यक पर्नेछ । फारम अनलाइनमार्फत भर्न सकिने वा अडिशन स्थलमै पनि भर्न सकिने व्यवस्था रहेको प्रतियोगिताको व्यवस्थापक कि एडभरटाइजिङका निर्देश दिनेश पोखरेलले जानकारी दिए ।देशभरबाट गायन प्रतिभा छनौट गरी प्रतियोगिताबाट उत्कृष्ट प्रतिभा उत्पादन गर्ने लक्ष्य सहित प्रतियोगिता गरिएको एडभरटाइजिङका प्रबन्ध निर्देशक रविन्द्र कुमार रिजाल९शशी०ले बताए ।
करिब ६ महिनासम्म प्रतियोगिताको अडिशन अब क्रमशःपोखरा,चितवन,बर्दिवास र इटहरीमा हुनेछ । नगद ५० लाख सहित विभिन्न अवसर तथा गिफ्ट ह्याम्पर पुरस्कार रहेको प्रतियोगिताको विजेताले उपाधि सहित नगद रु।३० लाख प्राप्त गर्नेछन भने अन्य तीन जनाले नगद ७–७ लाख प्राप्त गर्नेछन् । हालसम्म सम्पन्न भएका अडिशनमा उत्साहजनक सहभागितासँगै प्रतिभाशाली प्रतियोगीहरु छनौट भएका कि एडभरटाइजिङका बजार व्वस्थापक दिनेश पोखरेलले बताए