शुक्रबार, असार १४ गते २०८२

टोट्टनहामसँग बराबरीमा रोकियो सिटी

टोट्टनहामसँग बराबरीमा रोकियो सिटी

अखबार दैनिक
आइतबार, भदौ १ २०७६
  • इङ्लिस प्रिमियर लिग फुटबलको साविकको विजेता म्यानचेस्टर सिटी र टोट्टनहाम हस्टपरसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटीले टोट्टनहामसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । सिटीले सुरुवाती अग्रता लिएरपनि जोगाउन सकेन । सिटीका लागि रहिम स्ट्रलिङ र सर्जियो एग्युरो गोल गरे । टोट्टनहामका इरिक लमेला र लुकास मोउराले गोल गरे । सिटीले २०औं मिनेटमा रहिमको गोलबाट अग्रता लिएको थियो । रहिमले केभिन डि ब्रुयनको पासमा गोल गरेका थिए । त्यसपछि २३औं मिनेटमा टोट्टनहामका इरिक लमेलाले बराबरी गोल फर्काए । ३५औं मिनेटमा एग्युरोले गोल गर्दै सिटीलाई पुनः अग्रता दिलाए । उनले केभिन डि ब्रुयनको पासमा गोल गरेका थिए । टोट्टनहामले दोस्रो हाफको शुरुमै बराबरी गोल फर्काएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ