शुक्रबार, असार १४ गते २०८२

रियलको सुखद सुरुवात

रियलको सुखद सुरुवात

अखबार दैनिक
आइतबार, भदौ १ २०७६
  • १० खेलाडीमा समेटिएको रियाल म्याड्रिडले स्पेनिस ला लिगामा सुखद सुरुवात गरेको छ । रियलले शनिबार राति भएको लिगको आफ्नो पहिलो खेलमा सेल्टा भिगोलाई ३–१ गोलले हरायो । सेल्टा भिगोको मैदानमा रियललाई जिताउन करिम बेन्जेमा, टोनी क्रुस र लुकास भाजक्वेजले गोल गरे । सेल्टाका इकर लोसादाले सान्त्वना गोल फर्काएका थिए । रियलले १२औं मिनेटमा करिम बेन्जेमाको गोलबाट अग्रता लिएको थियो । बेन्जेमाले ग्यारेथ बेलको पासमा गोल गरेका थिए । रियाल दोस्रो हाफमा १० खेलाडीमा समेटिएको थियो । ५६औं मिनेटमा मिडफिल्डर लुका मोड्रिच सिधै रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । डेनिस सुआरेजलाई फल हानेपछि रेफ्रीले भिएआरको सहायतामा मोड्रिचलाई रातो कार्ड दिएका थिए । ६०औं मिनेटमा रियलका अल्भारो ओर्डिजोलाको हेड प्रहार क्रसबारमा लागेर फर्किएको थियो । ६१औं मिनेटमा टोनी क्रुसले सानदार गोल गर्दै रियालको अग्रता दोब्बर बनाए । उनले मार्सेलोको पासमा करिव ४० यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार क्रसबारमा लाग्दै गोलमा परिणत भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ