शुक्रबार, असार १४ गते २०८२

सगरमाथा र लुम्बिनी विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य : राष्ट्रपति भण्डारी

सगरमाथा र लुम्बिनी विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य : राष्ट्रपति भण्डारी

अखबार दैनिक
बुधबार, पुस १६ २०७६
  • राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका सगरमाथा र लुम्बिनी संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताएकी छन् । बुधबार नेपाल भ्रमण वर्षको शुभारम्भ गर्दै उनले सर्वोच्च शिखर सगरमाथा र गौतम वुद्धको जन्मस्थल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताएकी हुन् । विगतमा द्वन्द्व रहे पनि अहिले मुलुक समृद्धिको बाटोमा रहेको भन्दै राष्ट्रपति भण्डारीले अब पर्यटन विकासमा योजनावद्ध विकासको खाँचो रहेको बताइन् । उनले पर्यटकीय गन्तव्यबीचको प्रतिस्पर्धाबाट पर्यटन क्षेत्रको विकास गर्न सकिने पनि धारणा राखिन् ।
    राष्ट्रपति भण्डारीले पर्यटनलाई नाफा आर्जन र व्यवसाय अभिवृद्धिको रुपमा मात्र नलिन पनि आग्रह गरिन् । पर्यटन वर्षले बसुधैव कुटुम्बकमको आदर्श आत्मसात गर्दै विश्वमा भ्रातृत्व र शान्तिप्रतिको प्रतिवद्धता उजागर गरेको पनि उनको भनाइ छ । नेपाल भ्रमण वर्षलाई सफल बनाउनु सबै नेपालीको दायित्व भएको पनि राष्ट्रपति भण्डारीले बताइन् । पर्यटन क्षेत्रले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्प र दिगो विकास लक्ष्य हासिल गर्न सहयोग गर्ने पनि उनले बताइन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ