काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी छाडेका पूर्वप्रमुख सचेतक सन्तोष परियार जनार्दन शर्मा नेतृत्वको अभियानमा जोडिने भएका छन्।
विघटित प्रतिनिधिसभामा प्रमुख सचेतक समेत रहेका परियारले रास्वपा छाडेपछि उनी शर्माको अभियानमा जोडिन लागेका हुन् । माओदीले गत कात्तिक १९ गते बनाएको नेपाली कम्युनिस्ट पार्टीमा नगएका पूर्वउपमहासचिव जनार्दन शर्मा पक्षका नेता-कार्यकर्ताले पूर्वसांसद सुदन किरातीको नेतृत्वमा बिहीबार ‘प्रगतिशील राष्ट्रिय अभियान’ गठन गरेका छन्। त्यही अभियानमा परियार पनि जोडिने निर्णयमा पुगेका हुन् ।
