बुधबार, कात्तिक २८ गते २०८२

इस्लामाबाद विस्फोटमा पाकिस्तानको आरोपमा के छ भारतको प्रतिक्रिया ?

इस्लामाबाद विस्फोटमा पाकिस्तानको आरोपमा के छ भारतको प्रतिक्रिया ?

अखबार दैनिक
बुधबार, कात्तिक २८ २०८२
  • इस्लामाबाद विस्फोटमा पाकिस्तानको आरोपमा के छ भारतको प्रतिक्रिया ?

    काठमाडौं । पाकिस्तानको राजधानी इस्लामाबादको अदालत परिसरबाहिर मंगलबार भएको आत्मघाती हमलामा १२ जनाको मृत्यु भएपछि पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले भारत समर्थित समूहहरूको हात रहेको आरोप लगाएपछि भारतले उक्त आरोपप्रति कडा प्रतिकार गरेको छ । प्रधानमन्त्री शरीफले भारत समर्थित यस्ता संगठनहरू पाकिस्तानमा सक्रिय रहेको र उक्त घटनाका पछाडि उनीहरूको षड्यन्त्र रहेको बताएका थिए ।

    भारतले पाकिस्तानका आरोपहरूलाई अस्वीकार गर्दै तिनीहरूलाई हास्यास्पद र आधारहीन भएको बताएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले यो हताश पाकिस्तानको परिणाम भएको बताए । उनले त्यहाँको नेतृत्व अफवाह फैलाउन लागिपरेको उनको भनाइ छ । 

    उनले अन्तर्राष्ट्रिय समुदाय पाकिस्तानको यस्ता प्रयासहरूबाट भ्रमित नहुने पनि बताए । जैसवालले पाकिस्तानमा सेनाको चाहनामा सत्ता कब्जा गर्ने प्रक्रियामा रहेको र संवैधानिक व्यवस्था कमजोर हुनुले जनतामा असन्तुष्टि बढिरहेको आरोप लगाएका छन् । 

    यस्तो अवस्थामा भारतमाथि आरोप लगाउनु पाकिस्तानको नेतृत्वको हताशपूर्ण कदम भएको बताउँदै उनले यस प्रकारका बयानवाजीहरू पाकिस्तानको आन्तरिक समस्याहरू लुकाउने प्रयास मात्र भएको टिप्पणी गरे ।  जैसवालले विश्व पाकिस्तानको वास्तविकतासँग परिचित रहेको र भारतमाथि लगाइएका आरोपहरूमा कुनै सत्यता नभएको पनि प्रष्ट पारेका छन् । हिन्दुस्तान टाइम्स

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ