शनिबार, जेठ १७ गते २०७७ Logo

रियल मड्रिडले दुई महिनापछि शुरु गर्याे ट्रेनिङ

रियल मड्रिडले दुई महिनापछि शुरु गर्याे ट्रेनिङ

  • बुधबार, बैशाख ३१ २०७७


  • रियल मड्रिडले दुई महिनापछि शुरु गर्याे ट्रेनिङ

    ३० बैशाख काठमाडौं । स्पानिस क्लब रियल मड्रिडले दुई महिनापछि फुटबल ट्रेनिङ शुरु गरेको छ । कोरोनाभाइरस संक्रमण रोक्न लकडाउन भएको दुई महिनापछि रियलका खेलाडीले सोमबारदेखि ट्रेनिङ थालेका हुन् ।

    भाल्डेबेबासमा खेलाडीहरुलाई व्यक्तिगत रुपमा प्रशिक्षण गर्नका लागि छुट गरिएको हो ।

     
    खेलाडीलाई विभिन्न सिफ्टमा गरेर दुई समूहमा विभाजन गरिएको छ । जहाँ हरेक समूहले एक अर्कासँग दूरी कायम गरी बलसहित र बलबिना प्रशिक्षण गर्नेछन् ।

    पहिलो सातामा फिटनेस कोच ग्रेगोरी डुपोन्टले व्यक्तिगत रुपमा सेसन लिनेछन् ।

    कोच जिनेदिन जिदान पनि ट्रेनिङ सेसनमा उत्साहित थिए तर उनले सुरक्षित स्थानमा बसेर मात्र खेलाडीलाई निर्देशन दिएका थिए ।

    यसअघि नै ला लिगाको अर्काे क्लब बार्सिलोनाले ट्रेनिङ शुरु गरिसकेको छ ।

    ला लिगा जुन महिनामा फेरि शुरु गर्ने तयारी भइरहेको छ ।

    बुधबार, बैशाख ३१ २०७७०८:५२:२८
    सम्बन्धित समाचार

    फ्युचरहव मिडिया मल्टिप्रपोज प्रा. लि.

    सुचना तथा प्रसारण विभाग दर्ता नं. :  

    अध्यक्ष : कृष्ण घिमिरे

    कार्यकारी प्रमुख: प्रल्हाद पोखरेल