आइतबार, साउन ६ गते २०८२

रौतहटका पत्रकार रबिन्द्र प्रजापति आफ्नै कोठामा मृत भेटिए

रौतहटका पत्रकार रबिन्द्र प्रजापति आफ्नै कोठामा मृत भेटिए

अखबार दैनिक
आइतबार, साउन ६ २०८२
  • रौतहटका पत्रकार रबिन्द्र प्रजापति आफ्नै कोठामा मृत भेटिए

    रौतहटको पत्रकार रबिन्द्र प्रजापति आफ्नै कोठामा मृत भेटिएका छन् । स्थानीय कटहरिया नगरपालिका ५ निवासी २८ वर्षीय प्रजापतिले शनिबार राति आफ्नै घरमा कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

    images

    प्रजापति कटहरिया बजारमा संचालित म्युजिकल एफएमका समाचार वाचक हुन् । परिवारका सदस्यहरुले नजिकको स्वास्थ्य चौकी र त्यसपछि गरुडा स्थित ग्राण्डी अस्पताल पुर्याएका थिए । तर राति १० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको रौतहटका प्रहरी प्रवक्ता डिएसपी दीपक रायले जानकारी दिए ।

    प्रहरीका अनुसार पत्रकार प्रजापति केहीदिनयता पारिवारिक तनावमा थिए । जेठ अन्तिम सातातिर समाचारको विषयलाई लिएर कटहरिया नगरपालिकाका मेयर जयप्रकाश जयसवालले धम्की पनि दिएका थिए । पारिवारिक समस्या र धम्कीका कारण तनावमा आएर उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।मृतकको शव पोस्टमार्टमका लागि सदरमुकाम गौरस्थित सरकारी अस्पतालमा राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ