सगरमाथा म्यूजिक अवार्डको दोस्रो संस्करण सम्पन्न

काठमाडौं – रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा  सगरमाथा म्यूजिक अवार्डको दोस्रो संस्करण सम्पन्न भएको छ । ६७ विधामा विभिन्न सर्जकहरुलाई अवार्ड प्रदान गर्दै विहिबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सगरमाथा म्यूजिक अवार्डको दोस्रो संस्करण सम्पन्न भएको हो ।

पूर्वअर्थमन्त्री तथा वरिष्ठ गीतकार एसपी कोइरालाको प्रमुख आतिथ्यतामा भएको अवार्ड सामारोहमा वरिष्ठ गायक जगतमर्दन थापालाई लाईफ टाइम एचिभमेन्ट अवार्डबाट प्रदान गरिएको थियो ।  पत्रकार महासंघका महासचिव रमेश विष्ट, प्रथम नायिका भुवन चन्द, ज्याति विकास बैंकका एजिम रामहरी आचार्य, चैत्यदेवी, वरिष्ठ संगितकार सम्भुजित बास्कोटा लगायतका अतिथिले सम्मानितहरुलाई सम्मान गरेका थिए । अढाई दशकभन्दा लामो समय पत्रकारितामा योगदान पु¥याएको भन्दै शान्तिप्रियलाई रजत पत्रकारिता सम्मान प्रदान गरिएको थियो ।

पत्रकारहरू तुलसी गिरी ‘भावुक’, राज श्रेष्ठ, विजय आवाज, कुबेर डंगोललाई पत्रकारिता सम्मान र मनीष दाहाललाई पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

सगरमाथा रत्न सम्मानबाट रंगकर्मी नानी थापा, निर्देशक शिव विकलाई सम्मान गरिएको थियो भने सगरमाथा नव प्रतिभा सम्मानबाट मौसम हिमाली र सगरमाथा सम्मानबाट नन्दा बस्याललाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै आयोजक संस्थाका अध्यक्ष मनोज थापाले गीत सङगीत क्षेत्रमा लागेका स्रष्टाहरुको योगदानको सम्मानका लागि अवार्ड आयोजना गरिँदै आएको बताए । अवार्ड रेडियो नेशन र ज्योति विकास बैंकसंगको सहकार्यमा भएको हो ।