वनको योगदान दश प्रतिशत पु-याउँछौँः मन्त्री लम्साल

गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा बातावरण मन्त्री विकास लम्सालले राष्ट्रिय उत्पादनमा वन क्षेत्रको योगदान वृद्धि गर्न सरकार केन्द्रीत रहेको बताउनुभएको छ ।
नेपाल वन पैदावर फर्निचर उद्योग व्यवसायी संघ बागलुङको पाँचौँ वार्षिक साधारणसभाको उद्घाटन पछि बोल्दै मन्त्री लम्सालले हाल रहेको तीन प्रतिशत योगदानलाई वृद्धि गरी दश प्रतिशत पु¥याउनु पर्नेमा जोडदिनुभयो ।
उहाँले वन क्षेत्रलाई उद्योग, पर्यटन, रोजगार र आर्थिक विकासमा जोड्दै गरिवि निवारणको लागि प्रयोग गर्नुपर्नेमा जोडदिनुभयो । मन्त्री लम्सालले नयाँ कानुन मार्फत वन क्षेत्रमा समस्या समाधान गर्ने उल्लेख गर्नूभयो । उहाँले वनलाई अबका दिनमा प्रयोग गर्ने नीति तयार गर्ने बताउनुभयो ।
फरक प्रसंगमा मन्त्री लम्सालले सरकार गतवर्ष कानुन निर्माण र संगठन विस्तारको लागि केन्द्रीत हुँदा अन्य काम ढिला सुस्ती भए पनि अवका वर्षमा विकासले गति लिने दावी गर्नूभयो । उहाँले मुलुकमा भ्रष्टचार नबढी भ्रष्टचारका घटना बाहिर आएको जिकिर गर्नूभएको थियो ।
समाजमा नागरिक दायित्व र कर्तव्य बिर्सने प्रवृति हावी भएको बताउँदै उहाँले सरकार लापर्वाहीलाई रोक्न सचेत हुने बताउनुभयो ।
व्यवसायिहरुले वन उद्योग संचालनमा सहता ल्याउने कानुन निर्माण गर्न आग्रह गरेको थिए । नेपाल वन पैदावार फर्निचर व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष प्रेमलाल श्रेष्ठले बैकको लाहपर्वाही व्याजदरले व्यवसाय उल्टो गतिमा पुगेको बताउनुभयो ।
अध्यक्ष श्रेष्ठले व्यक्तिगत प्यान नम्बर ठूला उद्योगबाट लागु गर्न सके साना उद्योगीहरुलाई सहता हुने उल्लेख गर्नूभएको थियो ।
कार्यक्रममा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका योजना प्रमुुख नारायण आचार्य, डिभिजन वन कार्यालय बागलुङका अधिकृत धनराज लामिछाने, बागलुङ नगरपालिकाका नगरप्रमुुख जनकराज पौडेल, घरेलुु तथा साना उद्योग विकास कार्यालय प्रमुुख गुुमादेवी शर्मा, उद्योग वाणिज्य संघ बागलुङका वरिष्ठ उपाध्यक्ष राजनकुुमार श्रेष्ठ, फर्निचर व्यवसायी राजन जि.सीले बोल्नुभएको थियो ।
त्यस्तै नेपाल राष्ट्रिय व्यापार उद्योग संघ बागलुुङका अध्यक्ष दुर्गा कुुवर, सामुुदायिक वन उपभोक्ता महासंघ बागलुुङका अध्यक्ष राज थापा, नेपाल कम्युनिष्ट पार्टी बागलुङका सदस्य लालबहादुर थापा, उपभोक्ता मञ्च बागलुुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, फर्निचर उद्योग व्यवसायी संघ पर्वतका अध्यक्ष मधुकर जोसीले शुभकामना मन्तव्य व्यक्त गर्नूभयो ।
कार्यक्रम नेपाल वन पैदावर फर्निचर उद्योग व्यवसायी संघ बागलुुङका अध्यक्ष डम्मर बहादुर सापकोटाको अध्यक्षता, उपाध्यक्ष बल बहादुुर घर्तिको स्वागत र सचिव विमल शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसैबिच नेपाल वन पैदावर फर्निचर उद्योग व्यवसायी संघले कर्ण बहादुर बोहोराको अध्यक्षतामा ७ सदस्य बागलुुङ नगर कार्यसमिति चयन गरेको छ । केशव हरीजन उपाध्यक्ष, ऋषि गौतम सचिव , सुुमन बोहोरा कोषाध्यक्षमा निर्वाचित भएका छन् भने सदस्यहरुमा नारायण गौतम, मनबहादुर कार्की दिपक विक हेमराज रहेका बागलुङ नगरसमितिले जानकारी दिएको छ ।