सुमेरु अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु, सरकारी दरमै उपचार

ललितपुर– धापाखेलस्थित सुमेरु सामुदायिक अस्पतालले मिर्गौला प्रत्यारोपण सुरु गरेको छ । मृगौला रोगीका लागि डायलोसिस सेवा उपलब्ध गराउँदै आएको अस्पतालले सरकारले निर्धारण गरेको शुल्कमै मृगौला प्रत्यारोपण गर्ने पनि जनाएको छ ।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा ऋषि कुमार काफ्लेको नेतृत्वमा अस्पतालले दुई जनामा सफल मिर्गौला प्रत्यारोपण गरेको छ । ३४ वर्षीय विकास गुरुङ र ३० वर्षीय शुक्रानी योञ्जनको सफल मिर्गौला प्रत्यारोपण गरिएको डा. काफ्लेले बताए । दुवै जनामा निःशुल्क मिर्गौला प्रत्यारोपण गरिएको पनि डा काफ्लेले बताए ।

प्रत्यारोपणका लागि सरकारले दिने गरेको ४ लाख रुपैयाँमा नै प्रत्यारोपण गरिएको डा. काफ्लेले बताए । गुरुङलाई उनकी श्रीमतीले मिर्गौला दिएकी हुन भने शुक्रानीलाई आमाले मिर्गौला दिएकी हुन् । बिरामीलाई डायलोसिसको सकसबाट हटाउन अस्पतालले अबदेखि प्रत्यारोपणलाई निरन्तरता दिने पनि डा. काफ्लेले जानकारी दिए ।

अस्पतालका गतिविधिबारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सुमेरु ग्रुप एवं सुमेरु अस्पतालका अध्यक्ष भरत महर्जनले सरकारी शुल्कमा सुमेरु अस्पतालले मृगौला प्रत्यारोपण गर्ने बताए ।

ब्लड ग्रुप म्याचिङ नहुने बिरामीको मृगौला प्रत्यारोपणका लागि प्लाज्मा फेरोसिस उपकरण जडान र सुविधा सम्पन्न एचएलए ल्याब टेष्ट सुविधा निकट भविष्यमा सञ्चालन गर्न लागेको अध्यक्ष महर्जनले जानकारी दिए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले मृगौला प्रत्यारोपण तथा अन्य सेवा विस्तारका .